भेटघाट
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
शुक्रबार, ०७ वैशाख २०८१, १४ : ००
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालसँग नेपालस्थित विभिन्न देशका कूटनीतिज्ञहरूले शुक्रबार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा.थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र नेपालस्थित एसियन विकास बैंकका निर्देशक अर्नाउद काउचोइसले अर्यालसँग भेट गरेका हुन् ।
करिब एक घण्टाको भेटमा आसन्न लगानी सम्मेलनबारे कुरा भएको थियो । मुख्यसचिव अर्यालले कूटनीतिज्ञहरुसँग लगानी सम्मेलन सफल पार्नेबारे छलफल भएको जानकारी रातोपाटीलाई दिए ।
लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण