हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल
रौतहट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् ।
गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । नेकपा एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल ग¥यो भने त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए ।
‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ,’ अध्यक्ष नेपालले भने, ‘हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यता अनुसार अगाडि बढेका छौँ ।’ उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पारे ।
उद्घाटन समारोहमा नेता नेपालसँगै पूर्वमन्त्री डा.वंशीधर मिश्र,पूर्वसांसद कल्याणी खड्का, संविधानसभा सदस्य सरला यादव, प्रदेशका विना विभागीय मन्त्री बेची लुङ्गेली, प्रदेशसभा सदस्यद्वय नागेन्द्र साह र किशोरीदेवी दास, मेयर शम्भु साह, राजदेवी नगरपालिकाका मेयर भिखारी यादव लगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण