बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल

शुक्रबार, ०७ वैशाख २०८१, १७ : ३५
शुक्रबार, ०७ वैशाख २०८१

रौतहट । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुल शुक्रबार उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । नेकपा एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल ग¥यो भने त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए ।

‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ,’ अध्यक्ष नेपालले भने, ‘हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यता अनुसार अगाडि बढेका छौँ ।’ उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पारे ।

उद्घाटन समारोहमा नेता नेपालसँगै पूर्वमन्त्री डा.वंशीधर मिश्र,पूर्वसांसद कल्याणी खड्का, संविधानसभा सदस्य सरला यादव, प्रदेशका विना विभागीय मन्त्री बेची लुङ्गेली, प्रदेशसभा सदस्यद्वय नागेन्द्र साह र किशोरीदेवी दास, मेयर शम्भु साह, राजदेवी नगरपालिकाका मेयर भिखारी यादव लगायत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप