शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने

शुक्रबार, ०७ वैशाख २०८१, १९ : २८
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले शुक्रबार एक निर्देशन जारी गर्दै कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको हो । 

यस्तै मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन पनि दिएको छ ।

स्वास्थ्य मन्त्रालयले अन्तरगत रहेका स्वास्थ्यका निकायहरूमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा नभेटिएको पत्रमा उल्लेख छ । 

जसका कारण सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो समेत आएको भन्दै मन्त्रालयले कार्यालय समयमा कार्यकक्षमै रहन निर्देशन दिएको हो । 

suchana

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप