सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

‘पुजार सार्की’को गीत ‘दर्शन गरेँ‘मा आर्यन, प्रदीप र पलको कौडा नृत्य

शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । आगामी जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ । 

गीतमा तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुको कौडा नृत्य छ । कास्कीको धम्पुसमा छायाङ्कन गरिएको गीतको कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको सङ्गीत रहेको यस गीतमा प्रकाश सपुत र र शान्ति श्री परियारको स्वर छ ।

चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ । चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् ।  

सुवास भुसालले निर्माण गरेको चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बनेको हो । चलचित्र नेपालमा आरआर फिल्मसले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया