ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
काठमाडौँ । गुगलले लामो समयदेखि ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ तर त्यसमा सफल हुन सकेको छैन । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू थप गरेको छ।
कम्पनीले आफ्नो म्यासेज एपका लागि नयाँ फिचर ल्याएको छ जसले ह्वाट्सएपको तनाव बढाउन सक्ने बताइएको छ । नयाँ अपडेट पछि, सेल्फी जीआईएफ फाइल रेकर्ड गर्न र गुगल मेसेजेज एपमा पठाउन सकिन्छ।
यसका लागि रेकर्डिङको विकल्प उपलब्ध हुनेछ। रिपोर्टका अनुसार नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले आफ्नो तीन सेकेन्डको भिडियो सेल्फीहरूलाई जीआईएफमा रूपान्तरण गर्न र कसैलाई पठाउन सक्षम हुनेछन्।
जीआईएफको लागि भिडियो रेकर्ड गर्न प्रयोगकर्ताहरूले क्यामेरा आइकन लामो समय थिच्नु पर्छ। त्यसपछि क्यामेरा भ्यूफाइन्डर खुल्छ र भिडियो रेकर्ड हुनेछ। भिडियोलाई ग्यालेरीमा सेभ गरिनेछ र त्यसअघि तपाईंले जीआईएफ बनाउने विकल्प पाउनुहुनेछ।
कम्पनीले गुगल मेसेजेजमा अर्को ठुलो अपडेटमा पनि काम गरिरहेको छ । यो अपडेट पछि एपले नै शङ्कास्पद लिङ्क भएका सन्देशहरूको बारेमा अलर्ट दिनेछ।
गुगल मेसेजमा यो नयाँ फिचरको परीक्षण भइरहेको छ, अर्थात् यसको बिटा संस्करणमा परीक्षण भइरहेको छ । सार्वजनिक भएको स्क्रिनसटका अनुसार शङ्कास्पद लिङ्कमा क्लिक गर्दा, प्रयोगकर्ताहरूले ‘के तपाईं यो प्रेषकलाई विश्वास गर्नुहुन्छ’ सन्देशको साथ चेतावनी प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण