ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट

काठमाडौँ । गुगलले लामो समयदेखि ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेको छ तर त्यसमा सफल हुन सकेको छैन । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू थप गरेको छ।
कम्पनीले आफ्नो म्यासेज एपका लागि नयाँ फिचर ल्याएको छ जसले ह्वाट्सएपको तनाव बढाउन सक्ने बताइएको छ । नयाँ अपडेट पछि, सेल्फी जीआईएफ फाइल रेकर्ड गर्न र गुगल मेसेजेज एपमा पठाउन सकिन्छ।
यसका लागि रेकर्डिङको विकल्प उपलब्ध हुनेछ। रिपोर्टका अनुसार नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले आफ्नो तीन सेकेन्डको भिडियो सेल्फीहरूलाई जीआईएफमा रूपान्तरण गर्न र कसैलाई पठाउन सक्षम हुनेछन्।
जीआईएफको लागि भिडियो रेकर्ड गर्न प्रयोगकर्ताहरूले क्यामेरा आइकन लामो समय थिच्नु पर्छ। त्यसपछि क्यामेरा भ्यूफाइन्डर खुल्छ र भिडियो रेकर्ड हुनेछ। भिडियोलाई ग्यालेरीमा सेभ गरिनेछ र त्यसअघि तपाईंले जीआईएफ बनाउने विकल्प पाउनुहुनेछ।
कम्पनीले गुगल मेसेजेजमा अर्को ठुलो अपडेटमा पनि काम गरिरहेको छ । यो अपडेट पछि एपले नै शङ्कास्पद लिङ्क भएका सन्देशहरूको बारेमा अलर्ट दिनेछ।
गुगल मेसेजमा यो नयाँ फिचरको परीक्षण भइरहेको छ, अर्थात् यसको बिटा संस्करणमा परीक्षण भइरहेको छ । सार्वजनिक भएको स्क्रिनसटका अनुसार शङ्कास्पद लिङ्कमा क्लिक गर्दा, प्रयोगकर्ताहरूले ‘के तपाईं यो प्रेषकलाई विश्वास गर्नुहुन्छ’ सन्देशको साथ चेतावनी प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् कक्षा १२ को परीक्षा
-
कहिले सञ्चालनमा आउँछ अवरुद्ध कान्ति लोकपथ ?
-
यसरी हुँदै छ शिक्षक र सरकारबिचको ९ बुँदे सहमति कार्यान्वयन
-
वसन्ते मकैखेती : एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?