मुलुकलाई उकुसमुकुसबाट निकाल्नुपर्छ : महासचिव भुसाल
बुटवल । नेकपा एकीकृत समाजवादीका महासचिव एवम् पूर्वमन्त्री घनश्याम भुसालले मुलुकलाई उकुसमुकुसबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । उनले त्यसका लागि नेकपा एकिकृत समाजवादी निर्णायक हुने बताए । भुसालले अंकगणितको हिसाबले सानो भएपनि कम्यूनिष्ट पार्टीभित्रको जड्तालाई चिर्नमा आफूहरुले नेतृत्व गर्ने समेत बताए ।
समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार तिलोत्तमामा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा नेपाली पत्रकारिताको अवस्था र अबको बाटो’ बिषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भुसालले भने, ‘अहिले बनेको वाम बहुल गठबन्धनलाई हामीले सकारात्मक रुपमा लिएका छौं ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको भन्दै भुसालले नेपालको भविष्य ठिक बनाउन वामपन्थी शक्तिबिच एकता आवश्यक रहेको बताए ।
महासचिव भुसालले नेकपा एकिकृत समाजवादीको महाधिवेशनले वामपन्थी दलहरुबिच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने समेत बताए । ओली र प्रचण्ड दुवैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउँ नभएको तर्क समेत उनले गरे ।
नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य सोमप्रसाद पाण्डेले समृद्ध मुलुक बिना जनताको अधिकार प्राप्त नहुने बताए । पाण्डेले निराशावादी भन्दा आश जगाउने खालका समाचार लेख्न समेत सबै पत्रकारलाई आग्रह गरे ।
तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले पत्रकारिता क्षेत्रमा धेरै चुनौती भएको बताए । समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले नेपालको मुलधारको पत्रकारिता गलत ढङ्गले अघि बढ्दा वैकल्पिक पत्रकारिता हावी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण