डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घर गोठ जले
काठमाडौँ । वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतङ्क मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घर गोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।
गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घर गोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठुलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पुर्याएको र आगो निभाउने क्रममा दुई जना घाइते भएपछि उनीहरूको उपचार भइरहेको डिएसपी शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो । डढेलो भने आइतबार विहानसम्म पनि पूर्णपुरमा नियन्त्रणमा आइसकेको छैन ।
त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठुलो क्षति गरेको छ । रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घर गोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घर गोठ जलेको थियो । त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ ।
यता पाल्पाको तानसेन बजारमाथि श्री नगर जङ्गलमा भीषण आगलागी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण