बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा ६० भन्दा धेरै घर गोठ जले

आइतबार, ०९ वैशाख २०८१, ०८ : ३७
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । वनमा लागेको डढेलो गाउँमा सल्किँदा गुल्मी, अर्घाखाँची र नवलपरासीमा आगलागीले आतङ्क मच्चाएको छ । आगलागीबाट ७० भन्दा धेरै घर गोठ जलेर नष्ट भएका छन् भने अहिले पनि डढेलो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन । 

गुल्मीको इश्मा गाउँपालिकामा आगलागीबाट ४० वटा घर गोठ थलेका छन् । वडा नं. २ र ४ मा आगलागीले ठुलो क्षति गरेको छ । आगलागीले करिब ४० घरमा क्षति पुर्‍याएको र आगो निभाउने क्रममा दुई जना घाइते भएपछि उनीहरूको उपचार भइरहेको डिएसपी शंकर पोखरेलले जानकारी दिए । उनका अनुसार बस्तीमा डढेलो पसेपछि गाउँ नै सखाप पारेको हो । डढेलो भने आइतबार विहानसम्म पनि पूर्णपुरमा नियन्त्रणमा आइसकेको छैन । 

त्यस्तै, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ र ४ धारापानीमा पनि आगलागीले ठुलो क्षति गरेको छ । रातामाटा, जाबुनडाँडा, बाजाखर्च लगायतका गाउँमा गरी करिब २० घर गोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रातिसम्म आगलागी भएका कारण क्षतिको पूर्ण विवरण आइसकेको छैन । 

उता नवलपरासीका विभिन्न १२ स्थानमा आगलागीले क्षति गरेको छ । त्यस्तै नवलपरासीको विभिन्न १२ ठाउँमा आगलागीको घटना भएको छ । हिजो रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिकामा आगोले क्षति गरेको हो । पाल्हिनन्दनमा शुक्रबार मात्रै १४ परिवारको घर गोठ जलेको थियो । त्यही ठाउँमा शनिबार पनि आगलागी भएको छ । 

यता पाल्पाको तानसेन बजारमाथि श्री नगर जङ्गलमा भीषण आगलागी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप