कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम
आइतबार, ०९ वैशाख २०८१, १३ : २७
काठमाडौँ । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो ।
कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको मोबाइल बैंकिङ्ग सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रवीन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण