हिउँ पहिरोपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह
आइतबार, ०९ वैशाख २०८१, १३ : ३९

काठमाडौँ । हिम पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्र ताल ओभर फ्लो हुँदा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । आज बिहान तालमा ठूलो हिम पहिरो झरेको स्थानीयले बताएका छन् ।
ताल ओभर फ्लो भएपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । “बाढीले क्षति गर्ने सम्भावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ”, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
जिल्ला प्रहरी कार्यालय गोरखाले दिएको जानकारीअनुसार घटनाबारे बुझ्न सामागाउँ चौकीबाट प्रहरी त्यसतर्फ गएको पनि प्रवक्ता भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्क्स र लेलिनले देखेको ‘कम्युन’को सपना ओशो तपोवनमा साकार : स्वामी आनन्द अरुण
-
रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
-
सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ आइपुगे नवराज बोहरा
-
अर्बौँको घाटा र राजनीतिक भर्तीले थला परेपछि निजीकरणको बाटोमा सरकारी उद्योग
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी