अदालत
सुदूरपश्चिमका मुख्यमन्त्रीको बर्खास्ती माग गरिएको रिट न्यायाधीश ढकालको इजलासमा
सोमबार, १० वैशाख २०८१, १० : ५९
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको बर्खास्ती माग्दै सर्वोच्चमा दायर गरिएको रिटमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश बालकृष्ण ढकालको इजलासमा सुनुवाइ गर्नेगरी पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीका वारेस गोविन्द चौधरीले चार विपक्षी कायम गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले २२ चैतमा राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागी प्रदेश प्रमुखले आह्वान गरेका थिए ।
नागरिक उन्मुक्तिका तर्फबाट वैशाख २ मा लक्ष्मणकिशोर चौधरीले दावी पेश गरे । तर, ४ वैशाखमा पुनः दाबी पेश गर्न प्रदेश प्रमुख नजिर मियाँले आह्वान गरेका हुन् । त्यसपछि दिर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण