शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

सोमबार, १० वैशाख २०८१, १२ : ५३
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । सरकारले  लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार बैठकले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ ।

त्यस्तै कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप