शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
हीरक जयन्ती

मदन भण्डारीको नाम लिँदा विद्याको गला अवरुद्ध

सोमबार, १० वैशाख २०८१, १४ : १७
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको नाम लिँदा निकै भावुक भएकी छन् । नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले ललितपुरको गोदावरीमा हीरक जयन्ती मनाएको छ ।

सोही कार्यक्रममा राष्ट्र गौरव विभूषणबाट भण्डारीलाई सम्मान गरेको थियो । सम्मान पाएपछि लिखित भाषण गरेपछि एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको रहस्यमय जिप दुर्घटनामा परि निधन भएपछि आफ्नो राजनीति यात्राले नयाँ मोड लिएको उनले बताएकी थिइन् । सोही बेला उनी निकै भक्कानिएकी हुन् । 

‘सर्वविधितै छ, एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय जिप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो । नेकपा एमालेको प्रेरणा र कार्यकर्ता सदस्य तथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुने प्रवेश निर्माण भएको थियो । पार्टीको जिम्मेवारी पुरा गरिरहेकै बेला २०७२ सालमा म राष्ट्रपति भएको हुँं’, भावुक हुँदै उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप