मदन भण्डारीको नाम लिँदा विद्याको गला अवरुद्ध
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको नाम लिँदा निकै भावुक भएकी छन् । नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले ललितपुरको गोदावरीमा हीरक जयन्ती मनाएको छ ।
सोही कार्यक्रममा राष्ट्र गौरव विभूषणबाट भण्डारीलाई सम्मान गरेको थियो । सम्मान पाएपछि लिखित भाषण गरेपछि एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको रहस्यमय जिप दुर्घटनामा परि निधन भएपछि आफ्नो राजनीति यात्राले नयाँ मोड लिएको उनले बताएकी थिइन् । सोही बेला उनी निकै भक्कानिएकी हुन् ।
‘सर्वविधितै छ, एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते रहस्यमय जिप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो । नेकपा एमालेको प्रेरणा र कार्यकर्ता सदस्य तथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिमा सक्रिय हुने प्रवेश निर्माण भएको थियो । पार्टीको जिम्मेवारी पुरा गरिरहेकै बेला २०७२ सालमा म राष्ट्रपति भएको हुँं’, भावुक हुँदै उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण