सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजारभन्दा बढी

सोमबार, १० वैशाख २०८१, २१ : १७
सोमबार, १० वैशाख २०८१

गाजा । गाजा पट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार १५१ पुगेको हमास शासित गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी गराएको छ । 

मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, 'इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै १०४ जना घाइते भएका छन् ।'

गत बर्षको अक्टोबर ७ मा प्यालेष्टिनी इस्लामिक लडाकु समूह हमासले इजरायलको दक्षिणी सिमानामा एक्कासि आक्रमण गरी करिब एक हजार २०० जनाको ज्यान लिएको थियो भने २५० भन्दा बढी व्यक्तिलाई अपहरण गरेको थियो । 

मन्त्रालयको तथ्याङ्कअनुसार हमास आक्रमणको बदलामा जारी इजरायल–हमास द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या ३४ हजार १५१ पुगेको छ भने यस क्रममा ७७ हजार ८४ जना घाइते भएका छन् । 

भारी बमबारी र उद्धारकर्मीको अभावका बिच केही पीडितहरू भग्नावशेषमुनि रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा भएको हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठुलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

जसमा लगभग १,२०० व्यक्तिको मृत्यु भएको थियो र २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो । -(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप