भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ भगवती सेमिफाइनलमा
टक्सार । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै खोटाङको भगवती स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा भएको खेलमा दुवै टिमका तर्फबाट पहिलो हाफसम्म कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा खोटाङका तर्फबाट जर्सी नम्वर नौ का मार्टिनले दुई गोल गरेका थिए ।
धनकुटाका तर्फबाट जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल मात्र फर्काउन सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच खोटाङका मार्टिन भएका छन् । उनले नगद पाँच हजार र मेडल प्राप्त गरे ।
आजको खेलका विजेता खोटाङको भगवती स्पोर्टस क्लबले पहिलो खेलको बिजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई शून्यका विरुद्ध चार गोल गर्दे सेमिफाइनलको यात्रा तय गरेको थियो ।
मङ्गलबारको तेस्रो खेल सलहेश युवा क्लब सिरहा र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण