भोजपुर गोल्डकप : धनकुटालाई हराउँदै खोटाङ भगवती सेमिफाइनलमा
टक्सार । भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै खोटाङको भगवती स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा भएको खेलमा दुवै टिमका तर्फबाट पहिलो हाफसम्म कुनै गोल हुन सकेको थिएन । दोस्रो हाफमा खोटाङका तर्फबाट जर्सी नम्वर नौ का मार्टिनले दुई गोल गरेका थिए ।
धनकुटाका तर्फबाट जर्सी नम्बर २३ का सुनिल खड्काले एक गोल मात्र फर्काउन सफल भए । प्रतियोगिताको म्यान अफ द म्याच खोटाङका मार्टिन भएका छन् । उनले नगद पाँच हजार र मेडल प्राप्त गरे ।
आजको खेलका विजेता खोटाङको भगवती स्पोर्टस क्लबले पहिलो खेलको बिजेता त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मीले भारतको जर्जियन फुटबल क्लबलाई शून्यका विरुद्ध चार गोल गर्दे सेमिफाइनलको यात्रा तय गरेको थियो ।
मङ्गलबारको तेस्रो खेल सलहेश युवा क्लब सिरहा र डाँगीहाट युथ क्लब मोरङका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?