यामाहाद्वारा एफजेडमा दश वर्षको वारेन्टी
काठमाडौँ । यामाहाले नेपालमा सर्वप्रथम फ्युल इन्जेक्सन (एफआई) प्रविधि अङ्गीकार गरेको १५ औँ वर्ष पूरा भएको छ। यस उपलब्धिलाई मनाउन र आफ्ना उत्पादनहरूप्रतिको विश्वास उजागर गर्नका लागि यामाहाले एफजेड सिरिजका सबै बाइकहरूमा १० वर्षको वारेन्टी उपलब्ध गराएको छ।
यस्तो व्यापक स्तरको वारेन्टी नेपालमा कुनै पनि दुई पाङ्ग्रे सवारी कम्पनीले पहिलो पटक प्रदान गरेको हो। फ्युल इन्जेक्शन टेक्नोलोजीले मोटरसाइकलको दुनियाँमा क्रान्तिकारी परिवर्तन गरेको कम्पनीको भनाई छ। यसले राइडरहरूलाई सुधारिएको इन्धन दक्षता र सहज कार्यसम्पादन प्रदान गर्दै प्रदूषण समेत घटाएको छ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेज लिमिटेडका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भने, ‘यो १० वर्षको वारेन्टी असाधारण गुणस्तर र विश्वसनीयता प्रदान गर्ने यामाहाको प्रतिबद्धताको प्रमाण हो। हामी हाम्रा समर्पित ग्राहकहरूलाई यो खुसी र सन्तुष्टि प्रदान गर्न पाउँदा गौरवान्वित छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण