शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
लोकतन्त्र दिवस

जनआन्दोलनका दमनकारीलाई कारबाही नहुँदा पूर्वराजा ज्ञानेन्द्रदेखि बीपी पुत्र कोइरालासम्मलाई हाइसञ्चो

दमनकारीको सूचीमा अरु को को ?
मङ्गलबार, ११ वैशाख २०८१, १२ : २२
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको माग अनुसार २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेको दिन २०६३ वैशाख ११ को स्मरणमा लोकतन्त्र दिवस मनाउने गरिएको छ ।

जनताको विजय भएको खुसीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिए पनि तत्कालीन जनआन्दोलनका दमनकर्ताहरूलाई अहिलेसम्म कारबाही नभएको विषयले चर्चा पाउने गरेको छ ।  राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्न सफल २०६२/२०६३ को १९ दिने जनआन्दोलनमा भएको  दमनको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन अझैसम्म कार्यान्वयनमा आएको छैन ।

गणतन्त्र स्थापनापछि अनेक सरकार गठन भयो तर सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदनमा दोषी किटान गरिएकाहरूलाई कारबाहीमा पटक्कै ध्यान दिएनन् । तसर्थ २०४६ सालको जनआन्दोलनपछि बनेको मल्लिक आयोगको प्रतिवेदनझैँ यो पनि अलपत्र बनेको छ ।

२०६१ माघ १९ प्रकरणपछिका शान्तिपूर्ण दोस्रो जनआन्दोलनका क्रममा दमनकारी घटनामा भएका धनजनको क्षति, राष्ट्रिय ढुकुटीको दुरुपयोग, सत्ता र शक्तिको दुरुपयोग, पदको दुरुपयोग र मानव अधिकारको उल्लङ्घन घटनाको सत्य/तथ्य पत्ता लगाउने जिम्मेवारी लिएको तत्कालीन आयोगका अध्यक्ष रायमाझी गणतन्त्रपछि सत्तामा पुगेकाहरूले प्रतिवेदन सिंहदरबारको लाइब्रेरीमा थन्क्याएको गुनासो गर्छन् ।

‘हामीले प्रेसर दिँदादिँदा त्यतिसम्म गरेका हुन् यिनीहरूले, नत्र दबाउने थिए, पहिलेको मल्लिक आयोग– २०४६ को जनआन्दोलन दमन गर्नेमाथि छानबिन गर्न बनेको आयोगको प्रतिवेदनजस्तै । यस्तै गर्ने हुन्, यिनीहरूको गर्ने लक्षणै छैन’ उनले रातोपाटीसँग भने ।

उनले थपे– ‘आयोगले प्रतिवेदन बुझाउने हो, बुझायो । कार्यान्वयन गर्ने सरकारले हो । यिनीहरूलाई फाइदा भयो भने कारबाही गर्ने हुन्, फाइदा नहुने यिनलाई, अनि गर्न नसक्ने । सबै कारबाहीमा पर्ने आफन्त, इष्टमित्र होलान् ।’ 

आयोगको प्रतिवेदनले तत्कालीन राजा ज्ञानेन्द्र शाहदेखि पहिलो जननिर्वाचित प्रधानमन्त्री  बीपी कोइरालाका ज्येष्ठ सुपुत्र प्रकाश कोइरालासम्मलाई कारबाहीको सिफारिस गरेको थियो । 

सामूहिक जिम्मेवारी रहेका तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष शाह, उपाध्यक्ष डा. तुलसी गिरी, कीर्तिनिधि विष्ट, मन्त्रीहरू कमल थापा, बद्रीप्रसाद मण्डल, निरञ्जन थापा, सलिम मिया अन्सारी, दानबहादुर शाही, रमेशनाथ पाण्डे, राधाकृष्ण मैनाली, टङ्क ढकाल, खड्गबहादुर जिसी, प्रकाश कोइराला, केशरबहादुर विष्ट, बुद्धिराज बज्राचार्य, बुद्धिमान तामाङ, नारायण सिंह पुन, मधुकर शम्सेर ज.व.रा., कृष्णलाल थकाली, श्रीमती दुर्गा श्रेष्ठ, रामनारायण सिंह, श्रीष शम्सेर राणा, रुपज्योती, मणि लामा, डा. दुर्गा पोखरेल, रवीन्द्र खनाल, बृजेशकुमार गुप्ता, याङकिला शेर्पा, रोशन कार्की, राजेशकाजी श्रेष्ठ, भुवन पाठक, सोनेलाल यादव, सिनेट श्रेष्ठ, जगत गौचन, निक्ष शम्सेर राणालगायत दमनकारीको सूचीमा छन् ।

यस्तै तत्कालीन क्षेत्रीय प्रशासकहरू जगदीश खड्का, रवीन्द्र चक्रवर्ती, क्षेत्रविक्रम शाह, मृगेन्द्रकुमार सिंह यादव, गणेश शेरचन, तत्कालीन अञ्चल प्रशासकहरू श्याम किशोर सिंह, रणबहादुर चन्द, रामकुमार सुब्बा,जनक जङ्गली, प्रजापति कोइराला, डा. शेखर गुरुङ, कुमारबहादुर कार्की, रामजी विष्ट, रामकृष्ण पन्त, ललितबहादुर थापा मगर, मीन बहादुर पाल, कर्णबहादुर धिमाल, महेन्द्रमान व्यथित, विघटित राजपरिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरी, सदस्य सच्चित शम्सेर ज.व.रा., अन्य पदाधिकारीहरू

तत्कालीन प्रधान सेनापति प्यारजंग थापा,  विश्व हिन्दु महासङ्घका अध्यक्ष भरत केशर सिंह, जि.वि.स. काठमाडौँका सभापति विक्रमबहादुर थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख राजाराम श्रेष्ठ,     कीर्तिपुर नगरपालिकाका प्रमुख ध्रुव महर्जन, कीर्तिपुर नगरपालिकाका उपप्रमुख बच्चुराम श्रेष्ठ, कलैया नगरपालिकाका प्रमुख सुशील चौगाई, ललितपुर उपमहानगरपालिकाका प्रमुख प्रेमलाल महर्जन, उपत्यका पूर्व पृतनापति दीपकविक्रम राणा, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख देवीराम शर्मा, पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीलगायतको नाम पनि दमनकारीको सूचीमा उल्लेख छ ।

यस्तो छ, जाँचबुझ आयोगको प्रतिवेदनमा कारबाहीका निम्ति सिफारिस भएका पात्रहरूको विवरण ।

१. तत्कालीन मुख्यसचिव लोकमानसिंह कार्की

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ बमोजिम सजाय ।

२. गृहसचिव बालकृष्ण प्रसाई

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क) (१) बमोजिम सजाय ।

३. सञ्चार सचिव कुमारप्रसाद पौडेल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क) (२) बमोजिम सजाय ।

४. महानिर्देशक नारायण गोपाल मलेगो

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क) (२) बमोजिम सजाय हुनुपर्ने ।

५. रक्षा सचिव विष्णुदत उप्रेती

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क) (१) बमोजिम सजाय ।

६. तत्कालीन प्रहरी महानिरीक्षक श्यामभक्त थापा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(छ) बमोजिम सजाय ।

७. तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सहवीर थापा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७ बमोजिम सजाय ।

८. तत्कालीन बलाधिकृत रथी रुक्माङ्गद कटवाल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय हुनुपर्ने ।

९. तत्कालीन उपरथी कुलबहादुर खड्का

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

१०. उपरथी किरणशम्सेर थापा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

११. गभर्नर विजयनाथ भट्टराई

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले निजलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अनुचित कार्य सम्बन्धमा थप अनुसन्धान गरी कारवाही ।

१२. कार्यकारी निर्देशक टेकबहादुर डांगी

जनधनको क्षति र पदको दुरुपयोगमा दोषी देखिन आएकाले निजलाई नेपाल पर्यटन वोर्ड ऐन, २०५३ को दफा १४(४) बमोजिम पदबाट हटाउनु पर्ने ।

१३. प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रबहादुर सिंह

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ बमोजिम सजाय ।

१४. प्रहरी अतिरिक्त महानिरीक्षक रुपसागर मोक्तान

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ बमोजिम सजाय ।

१५. प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण वस्नेत

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ बमोजिम सजाय ।

१६. सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(क)(३) बमोजिम सजाय ।

१७. तत्कालीन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वासुदेव ओली

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४ बमोजिम सजाय ।

१८. सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठ

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८४(क)(३) बमोजिम  एक वर्ष तलव वृद्धि रोक्काको सजाय ।

१९. प्रहरी वरिष्ठ उपरीक्षक अर्जुनजङ्ग शाही

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय ।

२०. प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्रकुमार खालिङ्ग

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

२१. प्रहरी वरिष्ठउपरीक्षक बीरशरण थापा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (घ) बमोजिम सजाय ।

२२. प्रहरी वरिष्ठउपरीक्षक लोकहादुर कार्की

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

२३. प्रहरी वरिष्ठउपरीक्षक राजेन्द्रसिंह भण्डारी जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय हुनुपर्ने ।

२४. प्रहरी वरिष्ठउपरीक्षक ज्ञानुराजा कुँवर

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

२५. प्रहरी वरिष्ठउपरीक्षक प्रवल शम्शेर ज.व.रा.

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

यस्तै आयोगले विभिन्न जिल्लाहरुमा भएको दमन र दमनकर्तालाई समेत सजाय किटान गरेको छ ।

  • झापा

प्रमुख सेनानी सरद ढकाल

जनधनको क्षति, पदको दुरुपयोग र मानवअधिकार उल्लंघनमा दोषी देखिन आएकाले निजउपर राजन गिरी र सुरज विश्वासको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रमुख सेनानी सुरेशकुमार कार्की

पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

सेनानी किसनसिं भण्डारी

मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकोले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

उपसेनानी रवि के.सी.

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी पाइएकाले निजउपर राजन गिरी र सुरज विश्वासको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्र्तगत अभियोजन ।

प्रहरी उपरीक्षक केशरीराज घिमिरे

पदको दुरुपयोग गरेको पाईएकाले निजउपर प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय ।

प्रहरी नायवउपरीक्षक श्याम बस्नेत

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय ।

प्रहरी सहायक निरीक्षक विजयकुमार चौधरी

जनधनको क्षति, मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४  (घ) बमोजिम सजाय ।

प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटी

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय ।

का.मु. प्रमुख जिल्ला अधिकारी बसन्तराज भट्टराई

पदको दुरुपयोग र मानव अधिकारको उल्लंघन गरेको पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय ।

  • उदयपुर

प्रहरी नायव उपरीक्षक माधवबहादुर बस्नेत

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

  • सर्लाही

प्रहरी निरीक्षक राजकुमार सिलवाल

जनधनको क्षतिमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

  • बारा

उपसेनानी सुरेश काफ्ले

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सशस्त्र प्रहरी निरीक्षक राजेश लामिछाने

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

जमदार गोर्कण कार्की

लेस नायक निवास शाही

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सिपाही चन्द्रबहादुर राई

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर हिरालाल गौतमको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रमुख जिल्ला अधिकारी शान्तराज सुवेदी

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।

  • चितवन

प्रहरी निरीक्षक सोमबहादुर थापा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी सहायक निरीक्षक मोहम्मद रफिक जोलाहा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी हवलदार खगराज पौडेल

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी जवान विकास कुमार सिंह

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर तुल्सी क्षेत्रीको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरीउपरीक्षक परशुराम खत्री

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय ।

प्रहरी नायव निरीक्षक शिवनारायण सिंह

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्मा

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय ।

उपसेनानी रोशन कार्कीे

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकाले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

  • दोलखा

प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरे पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।  

प्रहरी निरीक्षक गोबिन्द झा

पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

  • काभ्रेपलाञ्चोक

प्रहरी निरीक्षक रामप्रसाद घर्ती

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर शिवहरी कुँवरको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रमुख सेनानी सुर्दशन सिलवाल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकोले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

प्रहरी नायवउपरीक्षक संजयसिंह बस्नेत

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय ।

प्रमुख जिल्ला अधिकारी शम्भु कोइराला

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क) (१) बमोजिम सजाय ।

  • काठमाडौं

प्रमुख जिल्ला अधिकारी सुशिल घिमिरे

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ बमोजिम सजाय ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवबहादुर थापा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८७ बमोजिम सजाय ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्रकुमार भट्टचन

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दुर्ज कुमार राई  

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युक ो सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सशस्त्र प्रहरी उपरीक्षक अरविन्द धिताल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय ।

सशस्त्र प्रहरी नायवउपरीक्षक बलराम पोखरेल

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय ।

सशस्त्र प्रहरी नायव उपरीक्षक रत्न पोखरेल

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सशस्त्र प्रहरी नायव उपरीक्षक महेश श्रेष्ठ

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय  ।

सशस्त्र प्रहरी उपरीक्षक रन्जन कोइराला

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय ।

सशस्त्र प्रहरी निरीक्षक दामोदर ढोडारी

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द गिरी

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सशस्त्र प्रहरी नायव निरीक्षक सुभाष खड्का

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सशस्त्र प्रहरी हवलदार डिकवहादुर श्रेष्ठ

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर कलंकीमा प्रद्युम्न खड्का समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी नायव उपरीक्षक मनोज न्यौपाने

जनधनको क्षति र पदको दुरुपयोगमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी नायव उपरीक्षक ठुृले राई

जनधनको क्षति र पदको दुरुपयोगमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी निरीक्षक रमेश गौतम

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय ।

प्रहरी निरीक्षक रमेश बस्नेत

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय ।

प्रहरी निरीक्षक दिप शम्सेर राणा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी निरीक्षक दिनेशकुमार आचार्य

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी निरीक्षक भुपेन्द्र खत्री

जनधनको क्षतिमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी निरीक्षक प्रताप गुरुङ

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज समेतकाउपर चाबहिल चुच्चेपाटीमा अनिल लामाको मृत्यु भएको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी निरीक्षक हर्कबहादुर थापा

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर त्रिपुरेश्वरमा चन्द्रबहादुर बयलकोटी समेतको मृत्युको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी निरीक्षक प्रदिप तामाङ

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज समेतकाउपर चुच्चेपाटीमा अनिल लामाको मृत्यु भएको सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी नायव निरीक्षक टिकाराम राई

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (क) बमोजिम सजाय ।

प्रहरी सहायक निरीक्षक नकुलबहादुर खत्री

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (क) बमोजिम सजाय  ।

प्रहरी जवान नारायण कार्की

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी जवान दिनेश तामाङ

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी जवान शंकर पौडेल

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

  • ललितपुर

प्रहरी निरीक्षक कमलेशकुमार भट्ट

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय ।

प्रहरी निरीक्षक डम्वरकुमार तामाङ

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (क) बमोजिम सजाय ।

प्रहरी नायव निरीक्षक गोविन्दबहादुर के.सी.

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय ।

  • धादिङ

सेनानी नरेन्द्र चन्द

पदको दुरुपयोग र मानव अधिकार उल्लंघनमा दोषी देखिन आएकाले निजलाई सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

  • लमजुङ

प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद मैनाली

पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी निरीक्षक रविन्द्र खड्का

पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

प्रहरी निरीक्षक खड्गबहादुर खत्री

पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४  (क) बमोजिम सजाय ।

  • कास्की

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद रेग्मी

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।

प्रहरी उपरीक्षक रविराज श्रेष्ठ

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय ।

प्रहरी निरीक्षक नरेन्द्र चन्द

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय ।

प्यूठ रविराज बुढाथोकी क्षेत्री

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर मृतक भिमसेन दाहालको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

  • पर्वत

प्रमुख जिल्ला अधिकारी हुमप्रसाद अधिकारी

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय ।

सशस्त्र प्रहरी उपरीक्षक चिरञ्जिवी कुँवर

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर मृतक गोविन्दनाथ शर्माको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी नायव उपरीक्षक विष्णुहरि गौतम

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर मृतक गोविन्दनाथ शर्माको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी निरीक्षक वेदराज खनाल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय ।

सशस्त्र प्रहरी नायव उपरीक्षक रामकुमार सिंह

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय  ।

  • नवलपरासी

प्रमुख जिल्ला अधिकारी निरन्जन बराल

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।

प्रहरी उपरीक्षक रामकुमार खनाल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (ङ) बमोजिम सजाय ।

प्रहरी निरीक्षक केशवराज बस्नेत

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

प्रहरी निरीक्षम दिपक अधिकारी

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

प्रहरी निरीक्षक थमनबहादुर बस्नेत

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

प्रहरी निरीक्षक सोभियतबहादुर गुरुङ

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर विष्णु पाण्डेको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

प्रहरी नायव निरीक्षक विकाशजंग राणा

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर विष्णु पाण्डेको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

सशस्त्र प्रहरी नायव उपरीक्षक रामाधर यादव

गैडाकोटमा भएको जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ८६ बमोजिम सजाय ।

  • रुपन्देही

प्रमुख जिल्ला अधिकारी गंगादत अवस्थी

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।

प्रहरी निरीक्षक रन्जितसिं राठौर

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(ङ) बमोजिम सजाय ।

  • अर्घाखाँची

प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेल जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।

सेनानी रामचन्द्र के.सी.

जनधनको क्षति पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

प्रहरी नायव उपरीक्षक टेकबहादुर गुरुङ

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय ।

  • दाङ

प्रमुख सेनानी सागरबहादुर के.सी.

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकाले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

प्रमृुख जिल्ला अधिकारी प्रतापकुमार पाठक

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।

सेनानी मुक्ति पाठक

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज र निजको कमाण्डमा घटनास्थलमा रहेका युनिफाइड कमाण्डका सुरक्षाकर्मीहरूउपर उमेशचन्द्र थापाको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

  • बाँके

प्रमुख जिल्ला अधिकारी विनोद अधिकारी

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ (क)(१) बमोजिम सजाय ।

प्रहरी उपरीक्षक शिव लामिछाने

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४  (ङ) बमोजिम सजाय ।

प्रहरी नायव उपरीक्षक बसन्त लामा

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज समेतउपर सेतु वि.क.को मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धीअन्तर्गत अभियोजन ।

प्रहरी निरीक्षक राजेन्द्रप्रसाद धमला

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर सेतु वि.क.को मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

  • दैलेख

प्रमुख सेनानी नयनराज दाहाल

जनधनको क्षति पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

  • बर्दिया

प्रमुख जिल्ला अधिकारी विमल ढकाल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाईएकोले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९  (क)(१) बमोजिम सजाय ।

प्रहरी उपरीक्षक घनानन्द भट्ट

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (ङ) बमोजिम सजाय ।

उप सेनानी सुनिल खड्का

जनधनको क्षति र पदको दुरुपयोगमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

प्रहरी निरीक्षक डम्वरबहादुर चन्द

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निज र जिल्ला प्रशासनमा घटनाका दिन ड्यूटीमा रहेका सेनाका सुरक्षाकर्मीहरू समेतउपर यामलाल लामिछानेको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धीअन्तर्गत अभियोजन ।

प्रहरी निरीक्षक चेतबहादुर थापा

पदको दुरुपयोगमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

  • कैलाली

प्रमुख जिल्ला अधिकारी रामप्रसाद शर्मा

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९(क)(१) बमोजिम सजाय ।

प्रहरी उपरीक्षक रमेशशेखर वज्रार्चाय

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४ (घ) बमोजिम सजाय ।

  • प्रहरी नायव उपरीक्षक रोहवर बस्नेत

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय ।

  • सेनानी उमेश कार्की

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

प्रमुख सेनानी निरज पौडेल

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी देखिन आएकोले तत्काल प्रचलनमा रहेको सैनिक ऐन, २०१६ को दफा ३७ बमोजिम सजाय ।

  • उपसेनानी अनिस रिजाल

जनधनको क्षति र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजउपर होरीलाल राना थारुको मृत्यु सम्बन्धमा सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ बमोजिम थप अनुसन्धान गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलअन्तर्गत अभियोजन ।

  • डोटी

प्रहरी नायव उपरीक्षक बसन्त पन्त

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४   (ङ) बमोजिम सजाय ।

  • कञ्चनपुर

प्रहरी निरीक्षक शारदाप्रसाद चौधरी

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

प्रहरी सहायक निरीक्षक नयनसिं कार्की

जनधनको क्षति, पदको दुरुपयोग र मानव अधिकारको उल्लंघनमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(घ) बमोजिम सजाय ।

  • डडेलधुरा

प्रहरी सहायक निरीक्षक लालसिंह रावल

जनधनको क्षतिमा दोषी पाइएकाले निजलाई प्रहरी नियमावली, २०४९ को नियम ८४(क) बमोजिम सजाय । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप