शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार

मङ्गलबार, ११ वैशाख २०८१, १३ : ५५
मङ्गलबार, ११ वैशाख २०८१

सुर्खेत । कर्णालीमा पहिलो पटक ‘संस्कृतिको उत्सव’ सुरु भएको छ । ‘खस भूमिमा लेखन र पठन संस्कृति’ को विकास गर्ने उद्देश्यसहित उक्त उत्सवको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गरेका छन्।

उद्घाटन कार्यक्रमका बोल्दै परियारले कर्णालीको विगत गौरवपूर्ण रहेको बताए। योगी नरहरिनाथको जन्म भएको प्रदेश भएकाले यहाँ अध्ययनका लागि थुप्रै पुस्तकहरूको जन्म उहाँबाट भएको कुरा उल्लेख गर्दै उनले भने, ‘उहाँले थुप्रै किताबहरू लेख्नुभएको छ, उहाँसँग मेरो पहिलो भेट ०३५ सालमा दिल्लीमा भएको थियो,त्यहाँ भएको पहिलो भेटमै प्रभावित भएको थिएँ।’

योगी नरहरिनाथले त्यो बेला कर्णालीको इतिहास र अवस्थाको विषयमा जानकारी गराएको परियारले बताए । ‘उहाँ विद्धान, दुर्दृष्टि राख्ने व्यक्ति हुनुहुन्थ्यो,’ उनले भने, ‘कुनै पनि चिजको हजार माइल यात्रा सुरु गर्दा जिरोबाट सुरु हुन्छ, कुनै बेला योगी नरहरिनाथले लेखन र पठन संस्कृतिको सुरुवात गर्नु भएको थियो।’

लेख्ने, पढ्ने, सोच्ने कुरालाई नयाँ तरिकाले विकास गर्ने कुरामा जोड दिएर अघि बढ्नुपर्ने उनले बताए। कर्णाली रिडर्स सोसाइटीद्वारा सञ्चालित कार्यक्रम कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो ।

उत्सवमा कर्णालीको इतिहासका विषयमा लेखिएका पुस्तकहरू प्रदर्शनीमा राखिएको छ । कर्णालीका विषयमा लेखिएका करिब ५ सय पुराना पुस्तकहरू सङ्कलन गरिएको कार्यक्रमका संयोजक डाक्टर नवराज केसीले बताए । उत्सवमा देशभरका साहित्यकार, कवि, विद्धान लेखकहरूको उपस्थिति रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप