शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन

मङ्गलबार, ११ वैशाख २०८१, १४ : ३५
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार रातिको खेल राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच खेलिएको थियो । त्यो खेलमा राजस्थानले मुम्बईलाई नौ विकेटले हराएको थियो । त्यो खेल वर्षाका कारण निर्धारित समयभन्दा निकै ढिलो समाप्त भएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको राजस्थानले ६ ओभर खेलेपछि वर्षा सुरु भएको थियो । वर्षाका कारण खेल करिब आधा घण्टा रोकिएको थियो । वर्षा रोकिएपछि खेल पुनः सुरु भएको थियो । यदि वर्षा नरोकिएको भए ठुलो आर्थिक नोक्सानी ब्यहोर्नु पर्ने थियो ।

तर, त्यो नोक्सानी आयोजकले भन्दा पनि बीमा कम्पनीले ब्यहोर्नु पर्ने हुन्थ्यो । खासमा आईपीएलको १७औँ संस्करणका लागि आयोजकले १० हजार करोड भारतीय रुपैयाँको बीमा गरेको छ । खेलका क्रममा खेलाडी घाइते भएमा, कुनै दुर्घटना भएमा वा वर्षाका कारण खेल रद्द भएमा त्यसको जोखिम बीमा कम्पनीले नै बहन गर्नेछ ।

आईपीएलको बीमा गर्ने कम्पनी एलायन्स इश्योरेन्स ब्रोकर्स हो । यसअघि पनि आईपीएलको जोखिम बहनका लागि बीमा गर्ने गरिन्थ्यो । तर, यसपटक विगतको तुलनामा २५ प्रतिशतक रकम बढाएर बीमा गरिएको समाचारमा जनाइएको छ ।

आईपीएलको बीमा गर्ने कम्पनी एलायन्स इश्योरेन्स ब्रोकर्सका निर्देशक शाइस्ता वाल्जीले यसपटक १० हजार करोड भारतीय रुपैयाँमा आईपीएलको बीमा गरिएको जानकारी दिए । समाचारमा जनाइए अनुसार, अहिले आईपीएलको एक खेल आयोजना गर्न एक सय करोडदेखि एक सय २५ करोड भारतीय रुपैयाँसम्म खर्च हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप