अस्पतालबाट २०० भन्दा बढी शव फेला
गाजा । गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला परेका घटनाहरूले आफू अति नै दुःखी भएको संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले बताएका छन् । इजरायलले कब्जा गरेपछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ । रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो ।
अस्पतालमा इजरायली घेराबन्दीको समयमा बनाइएको चिहानबाट मृत शरीरहरू झिकेर सामूहिक चिहानमा गाडिएको पनि बताइएको छ । प्यालेस्टिनी समूहहरूले इजरायलले नासेर अस्पतालमा नरसंहार गरेको आरोप लगाएका छन् । आफूले यी रिपोर्टहरू हेरिरहेको यी आरोपहरूबारे इजरायलले भनेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजामा हालै इजरायली हवाई आक्रमणको आलोचना गरेका थिए । यी हवाई हमलामा मारिएका अधिकांश महिला र बालबालिका रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा कोलम्बियालाई स्तब्ध पार्दै स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण