शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालबाट २०० भन्दा बढी शव फेला

मङ्गलबार, ११ वैशाख २०८१, १७ : ०८
मङ्गलबार, ११ वैशाख २०८१

गाजा । गाजामा स्वास्थ्य सेवाको विनाश र अस्पतालहरूमा सामूहिक चिहानहरू फेला परेका घटनाहरूले आफू अति नै दुःखी भएको संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले बताएका छन् । इजरायलले कब्जा गरेपछि गाजाको खान युनिस क्षेत्रको नासेर अस्पतालको आँगनमा फेला परेको सामूहिक चिहानमा दुई सयभन्दा बढी व्यक्तिको शव फेला परेको छ । रिपोर्टका अनुसार नासेर मेडिकल कम्प्लेक्समा भेटिएका केही शवको हात बाँधिएको थियो ।

अस्पतालमा इजरायली घेराबन्दीको समयमा बनाइएको चिहानबाट मृत शरीरहरू झिकेर सामूहिक चिहानमा गाडिएको पनि बताइएको छ । प्यालेस्टिनी समूहहरूले इजरायलले नासेर अस्पतालमा नरसंहार गरेको आरोप लगाएका छन् । आफूले यी रिपोर्टहरू हेरिरहेको यी आरोपहरूबारे इजरायलले भनेको छ  । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले गाजामा हालै इजरायली हवाई आक्रमणको आलोचना गरेका थिए । यी हवाई हमलामा मारिएका अधिकांश महिला र बालबालिका रहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप