इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन

वाशिङ्टन डीसी । गाजामा भइरहेको युद्धको विरोधमा अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका विश्वविद्यालयहरूमा विरोध प्रदर्शन भइरहेको छ । सोमबार राति न्युयोर्क युनिभर्सिटीमा भएको प्रदर्शनलाई रोक्ने प्रयासमा प्रहरीले धेरैलाई पक्राउ गरेको थियो । यसअघि येलमा पनि दर्जनौँ विद्यार्थी पक्राउ परेका थिए भने कोलम्बियामा कक्षाहरू रद्द गरिएको थियो ।
छात्रछात्राहरू बर्कले, एमआईटी र देशका अन्य ठूला कलेजहरूमा पनि यसै गरी विरोध प्रदर्शन गरिरहेका छन् । अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि गाजामा सुरु भएको युद्धसँगै अमेरिकाका कलेज र विश्वविद्यालयहरूमा चर्को बहस र प्रदर्शनहरू भइरहेका छन् ।
कोही विद्यार्थी इजरायलको पक्षमा छन् भने कोही गाजामा भएको कारबाहीको विरुद्धमा छन् । युद्ध सुरु भएदेखि यहुदी विरोधी र इस्लामोफोबिया दुवै बढेको केहीले बताइरहेका छन् । न्यूयोर्क पुलिसले कोलम्बिया विश्वविद्यालय क्याम्पसमा सयभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेपछि अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शनको समाचार गत हप्ता बाहिरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमावली संशोधनविरूद्ध न्याय परिषद् : मुख्य रजिस्ट्रारलाई न्यायाधीश नियुक्त नगर्न अन्तरिम आदेश माग
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन
-
वर्तमान सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल
-
राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन
-
विद्यालय शिक्षा विधेयक: उपसमितिको म्याद १० दिन थप
-
राष्ट्रिय क्रिकेट खेलाडी मोहम्मद आदिल आलममाथि लगाइएको प्रतिबन्ध फुकुवा