बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
बुधबार, १२ वैशाख २०८१, ०८ : २८
रौतहट । बाराको सदरमुकाम कलैया स्थित गए राति चर्को आवाजमा डिजे बजाउने दुई जनालाई साउण्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
कलैया उप–महानगरपालिका कलैया बजार एरियामा ध्वनि प्रदूषण हुनेगरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा गए राति ९ बजे बजरंग डिजे बडकी फुलबरीयाका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका १० का २५ वर्षीय नागिन्द्र राय भट्ट र देवताल गाउँपालिका १ का ५० वर्षीय जयराम सिंह रहेका बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताएका छन्।
चर्को आवाजमा डीजे बजाउँदा मानव स्वास्थ्य माथि नकारात्मक प्रभाव पर्ने भएकाले बारा प्रहरीले पटक पटक त्यस्तो नगर्न गरेको सूचनाको बेवास्ता गर्दा उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
-
नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
-
फरार दुई प्रतिवादी पक्राउ
-
पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण