रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
रौतहट । रौतहट स्थित ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा नियम विपरीत चलेका झन्डै १७ हजार सवारी साधन लाई कारबाहीको दायरामा ल्याएर डेढ करोड रुपैयाँ भन्दा बढी राजश्व सङ्कलन गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा जिल्लामा सवारी दुर्घटना सँगै मृत्यु हुनेको सङ्ख्या कमी आएको ट्राफिक प्रहरीले जनाएको छ। गत साउन देखि यही बैशाख १० गतेसम्म नियम विपरीत चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारबाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताए। सोही अवधिमा जिल्लाको विभिन्न स्थानमा भएको ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाइते भएको इन्स्पेक्टर आचार्यले जानकारी दिए।
अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा रौतहटमा १ वर्षको अवधिमा भएको ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
गत आर्थिक वर्षमा दुर्घटना न्यूनीकरणका गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जिल्लाको विभिन्न स्थानमा गरेको १३ सय ४७ चेतनामूलक कार्यक्रममा ५४ हजार ६३१ जना मानिस सहभागी भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ।
जिल्लामा बढ्दो सवारी साधनको चाप लाई मध्यनजर गर्दै हाल सदरमुकाम गौर, चन्द्रपुर, गरुडा लगायत ग्रामीण भेगका बजारहरूमा समेत ट्राफिक बिटहरू सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण