‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
काठमाडौँ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियन्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन् ।
बुधबार राष्ट्रिय सभाहल काठमाडौँमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा कलम चलाएको बताइन् । उनले भनिन्, ‘पारिजात दिदी साहित्यकार त हुनुहुन्थ्यो नै । उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो । मूलभूत रूपमा उहाँ चाहिँ श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा हुनुहुन्थ्यो ।’
आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पितृसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनीय रहेको बताइन् ।
उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ । हामीले महिला मुक्तिको अभिन्न अङ्गका रूपमा सामन्तवाद, पितृसत्तावादविरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण