‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’

काठमाडौँ । माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियन्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन् ।
बुधबार राष्ट्रिय सभाहल काठमाडौँमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा कलम चलाएको बताइन् । उनले भनिन्, ‘पारिजात दिदी साहित्यकार त हुनुहुन्थ्यो नै । उहाँ सामाजिक अभियन्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो । मूलभूत रूपमा उहाँ चाहिँ श्रमजीवी वर्ग र उत्पीडित समुदायको पक्षमा हुनुहुन्थ्यो ।’
आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पितृसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनीय रहेको बताइन् ।
उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ । हामीले महिला मुक्तिको अभिन्न अङ्गका रूपमा सामन्तवाद, पितृसत्तावादविरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण
-
अग्नि सापकोटालाई प्रश्न– दुई बुँदे सहमति माओवादीलाई ‘ब्याक फायर’ भएको हो ?
-
राज्यले अन्याय गरेपनि अदालतले न्याय दियो : रवीन्द्र मिश्र
-
विपन्न नागरिकका लागि बर्दघाटमा कपडा बैङ्क स्थापना
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्