सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
बुधबार, १२ वैशाख २०८१, १५ : ४४
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो मार्फत केवाईसी लिने प्रकृया सुरु गरेको छ ।
विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल मार्फत प्राप्त हुने कम्पनीको भनाइ छ । केवाईसीसम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ ।
प्रस्तावित बीमितले सम्पूर्ण आवश्यक विवरणहरु अभिकर्ता पोर्टल मार्फत पेश गरे पश्चात् ई–एप्लिकेसन डिक्लेरेसन फर्ममा आवश्यक विवरणहरु भरी स्क्यान गरी अनलाइन मार्फत रजिष्टर्ड भएको प्रस्तावमा अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ । प्रस्तावित बीमितले कम्पनीद्वारा निर्धारण गरिएको विषयमा आफ्नो केवाईसी सम्वन्धी भिडियो बनाएर सिटिजन लाइफमा उक्त पठाउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण