सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सबै मन्त्रालयले महिलामैत्री बजेट निर्माणमा जोड दिनुपर्छ: मन्त्री चौधरी

बुधबार, १२ वैशाख २०८१, १७ : ००
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले व्यापार व्यवसायमा महिलाहरूको सहभागिता बढाउन लाग्नुपर्नेमा जोड दिएकी छन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बुधवार काठमाडौंमा आयोजना गरेको हिमालयन हाईड्रो एक्स्पोमा बोल्दै मन्त्री चौधरीले व्यापार व्यवसायमा महिलाहरूको सङ्ख्या न्यून रहेकाले उनीहरुको सङ्ख्या वृद्धि गर्ने कुरामा लाग्नुपर्ने बताइन् । उनले महिलाहरुलाई हतोत्साही नहुने गरी अघि बढाउन आफनो मन्त्रालयले सक्दो पहल गर्ने बताइन् । मन्त्री चौधरीले महिलामैंत्री बजेट बनाउनका लागि आफूले अन्तर मन्त्रालयहरुबीच छलफल गरेको पनि स्मरण गराइन् । महिलामैंत्री बजेटको व्यवस्था गर्न अन्य मन्त्रालयलाई आग्रह गरिन् । 

मन्त्री चौधरीले भनिन्, ‘यो बिजनेस सेक्टरमा महिलाहरु लाग्नुपर्छ । यो क्षेत्रमा महिलाहरूको उपस्थिति एकदमै न्यून छ । यसलाई बढाउनका लागि राज्यले पनि हौसला दिने कुरामा अन्तर मन्त्रालयबीच महिलामैत्री बजेट ल्याउने विषयमा पनि छलफल भईरहेको छ । महिला मन्त्रालयले आफ्नो कुल बजेटका करिव ४२ प्रतिशत बजेट महिलाहरुलाई फोकस गरेर ल्याउने गरेको छ । अरु मन्त्रालयहरुले यस खालको बजेट ल्याउनुपर्छ भनेर अन्तरमन्त्रालयबीच छलफल गराएको छ । महिलाहरुलाई व्यापारिक क्षेत्रमा आउनका लागि हतोत्साही हुन नदिने कुरामा महिला मन्त्रालय लाग्नेछ ।’

मन्त्री चौधरीले महिलाहरुलाई व्यापार व्यवसायमा आउनका लागि आवश्यक वातावरण बनाउनका लागि ऐन, कानून संशोधन गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप