हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
गाजा । प्यालेस्टिनी लडाकू समूह हमासले बुधबार गाजामा बन्धक बनाइएका एक इजरायली–अमेरिकी व्यक्तिको नयाँ भिडियो सार्वजनिक गरेको छ ।
भिडियो गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा दक्षिणी इजरायलको नोभा म्युजिक फेस्टिभलबाट अपहरणमा परेका हर्श गोल्डबर्ग–पोलिनको भएको इजरायली सञ्चारमाध्यमले बताएका छन् ।
भिडियोमा बोल्ने व्यक्तिले भनेका छन्,'त्यो दिन म आफ्ना साथीहरूसँग टहलिन कार्यक्रमस्थलमा गएको थिएँ । कार्यक्रमस्थलमा एक्कासी आक्रमण भयो । म होसमा आउँदा मैले मेरो शरीरभरि गम्भीर चोट लागेको थाहा पाएँ भने आफुलाई चोटका कारण जीवन र मरणको दोसाँधमा सङ्घर्ष गरिरहेको भेटेँ । यद्यपि भिडियोको प्रामाणिकता र समय एएफपीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।'
यो भिडियो हमासको आधिकारिक टेलिग्राम अकाउन्टमा पोस्ट गरिएको हो ।
गत अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका करिब २५० व्यक्तिमध्ये १२९ जना गाजामै रहेको इजरायली सेनाको अनुमान छ । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण