एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा
पेरिस । ओसमान डेम्बेले र किलियान एम्बाप्पेले दुई–दुई गोल गर्दा पेरिस सेन्ट जर्मेन लिग वान उपाधिबाट मात्र अब एक कदम नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले लोरिएन्टलाई ४–१ गोलले हरायो । अन्य खेलमा मोनाकोले लिललाई १–० गोलले हराएपछि लगातार तेस्रो उपाधिका लागि थप एक खेल पर्खनुपरेको हो ।
खेलको १९ औँ मिनेटमा ओसमान डेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६० औँ मिनेटमा डेम्बेलेले पुनः अर्को गोल गरे । ७३ औँ मिनेटमा बाम्बा डेइङले लोरिएन्टका लागि एक गोल फर्काए पनि ९० औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
योसँगै एम्बाप्पे युरोपको शीर्ष पाँच लिगमा लगातार चार सिजन २५ वा सोभन्दा बढी गोल गर्ने पहिलो फ्रेन्चे खेलाडी बनेका छन् । यो सिजन उनले सबै प्रतियोगितामा ४२ गोल गरेका छन् । जितपछि फ्रान्सले उपाधि जित्ने पक्का भएको थियो । तर, मोनाकोले जितले टोलीले अब थप केही दिन पर्खनुपरेको हो । टोलीले अब शनिबार ले हार्भेविरुद्धको खेलमा आफ्नो घरेलु मैदानमा १२ औँ पटक उपाधि उचाल्न पाउनेछ ।
३० खेलपछि पीएसजीको ६९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको मोनाकोको ५८ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण