शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा

बिहीबार, १३ वैशाख २०८१, १० : ४५
बिहीबार, १३ वैशाख २०८१

पेरिस । ओसमान डेम्बेले र किलियान एम्बाप्पेले दुई–दुई गोल गर्दा पेरिस सेन्ट जर्मेन लिग वान उपाधिबाट मात्र अब एक कदम नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले लोरिएन्टलाई ४–१ गोलले हरायो । अन्य खेलमा मोनाकोले लिललाई १–० गोलले हराएपछि लगातार तेस्रो उपाधिका लागि थप एक खेल पर्खनुपरेको हो ।

खेलको १९ औँ मिनेटमा ओसमान डेम्बेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए ।  दोस्रो हाफको ६० औँ मिनेटमा डेम्बेलेले पुनः अर्को गोल गरे । ७३ औँ मिनेटमा बाम्बा डेइङले लोरिएन्टका लागि एक गोल फर्काए पनि ९० औँ मिनेटमा एम्बाप्पेले दोस्रो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

योसँगै एम्बाप्पे युरोपको शीर्ष पाँच लिगमा लगातार चार सिजन २५ वा सोभन्दा बढी गोल गर्ने पहिलो फ्रेन्चे खेलाडी बनेका छन् । यो सिजन उनले सबै प्रतियोगितामा ४२ गोल गरेका छन् । जितपछि फ्रान्सले उपाधि जित्ने पक्का भएको थियो । तर, मोनाकोले जितले टोलीले अब थप केही दिन पर्खनुपरेको हो । टोलीले अब शनिबार ले हार्भेविरुद्धको खेलमा आफ्नो घरेलु मैदानमा १२ औँ पटक उपाधि उचाल्न पाउनेछ ।

३० खेलपछि पीएसजीको ६९ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको मोनाकोको ५८ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप