वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव मातृकाप्रसाद यादवले सत्ता समीकरण रहने वा नरहने विषय एमाले अध्यक्ष केपी शर्मा ओलीमा भर पर्ने बताएका छन् । वर्तमान सरकार ढाल्न कांग्रेस र एमालेबिच पहिलेदेखि नै कसरत भए पनि सफल नहुने उनको बुझाइ छ ।
‘कांग्रेस र एमालेबिच समीकरण बनाउन अहिलेदेखि भएको होइन । चुनाव भएदेखि नै भएको हो । यी कसरत कुनै नयाँ विषय होइन । त्यो चलिराखेकै छ । समीकरण भत्काउन गगनजी लगायत नेताहरू लागिराख्नु भएको छ । बोलिराख्नुभएको छ । तर तत्काल सरकार ढल्ने म देख्दिन । यो समीकरण रहने वा नरहने विषय ओलीमा भर पर्छ । उहाँले चाहनुभयो भने रहन्छ, चाहनु भएन भने रहँदैन’, बिहीबार रातोपाटीसँग कुरा गर्दै उनले भने ।
साथै नयाँ समीकरण बनाउने बेला संघको मात्र हिसाब किताब भएकाले समस्या आएको उनको बुझाइ छ । समीकरण भत्काउनुअघि सबै प्रदेशको हिसाब गरेको भए समस्या नआउने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण