भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
बिहीबार, १३ वैशाख २०८१, १५ : १७

पर्सा । पर्सा प्रहरीले भन्सार छलीका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप नियन्त्रणमा लिएको छ ।
वीरगन्जको आइसीपीबाट प्रहरीले ४० लाख ३६ हजार मूल्य बराबरको भन्सार छलीका कपडा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
आइसीपीबाट वीरगन्जतर्फ आउँदै गरेको मालवाहक ट्रयाक्टर र पिकअपबाट बिल विजकभन्दा बढी लोड रहेको कपडा बरामद गरिएको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
बरामद गरिएका कपडासहित मालवाहक ट्रयाक्टर र पिकअप आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन