५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
काठमाडौँ । एक स्थानीय तहमा ५२० मिटर सडक खनेर भ्रष्टाचार गरेको पाइएको छ । कालीकोटको महावै गाउँपालिकास्थित सिमखेतदेखि ओदा जाने सडक निर्माणमा झण्डै साढे ३९ लाख रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह र वडा अध्यक्षसहित ९ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।
यस सम्बन्धमा अनुसन्धान हुँदा महावै गाउँपालिकाले आर्थिक वर्ष २०७५–२०७६ मा सिमखेतदेखि पादमघाटसम्म उपभोक्ता समितिमार्फत सडक निर्माण गराएको पाइएको छ । सो कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्बाई ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको छ ।
तर, फिल्डमा सडकको वास्तविक लम्बाई ५२० मिटर, चौडाइ औषत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको अख्तियारको निष्कर्ष छ । यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ बढी भुक्तानी गरी आफूहरूलाई गैरकानूनी लाभ र गाउँपालिकालाई हानि पुर्याई भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको अख्तियारको भनाइ छ ।
कोसँग कति बिगो दाबी ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण