क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
बिहीबार, १३ वैशाख २०८१, १९ : ३३
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)बिच पार्टी एकता हुने भएको छ । दुई पार्टीबिच यही वैशाख १९ गते एकता हुने संयुक्त वक्तव्यमार्फत बिहीबार जनाएका हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य 'किरण' र नेपाल कम्युनिस्ट पार्टी (मशाल) का महासचिव सन्त बहादुर नेपालीले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ,‘यस अवसरमा विश्वका र नेपालका शोषित उत्पीडित जनसमुदायमा खुसी व्यक्त गर्दै क्रान्तिकारी व्यक्तित्व, समूह र पार्टीलाई एकता प्रक्रियामा अबद्धता र योगदानका लागि विशेष अपिल गर्दछौँ ।’ यी दुई पार्टी एकताका लागि वार्तारत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण