असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको भन्दै कर्मचारीहरूसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
बिहीबार नेपाल निजामती कर्मचारी संगठनको क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालु आर्थिक वर्षको चैत १५ सम्ममा १९ प्रतिशत मात्रै भौतिक प्रगति हुनु दयनीय अवस्था भएको बताए । उनले आर्थिक समस्या भएको अवस्थामा वित्तीय प्रगति त्यति हुँदा चित्त बुझाउने ठाउँ भएपनि भौतिक प्रगतिमा त्यस्तो नहुने बताए । उनले आयोजनाहरूको आगामी असार १५ गतेसम्म सबै भुक्तानी गराउने तर कार्यतालिका अनुसार द्रुत गतिमा काम गर्न निर्देशन दिए ।
मन्त्री महासेठले आयोजनाहरूको एक चरणको भुक्तानी भएको भन्दै अर्को चरणको पनि चाँडै हुने विश्वास दिलाए । उनले आयोजना प्रमुख र आयोजनामा काम गर्ने कर्मचारीहरू असार मसान्तसम्म कार्यस्थल छोडेर कतै नजान पनि निर्देशन दिए । उनले कार्यतालिका अनुसार असार मसान्तसम्म परिणाम दिनेगरी काम गर्न निर्देशन दिए ।
मन्त्री महासेठले आयोजना छोडेर अनावश्यक रुपमा सरुवा गर्न वा अन्य कामको लागि काठमाडौँमा रहेका आयोजनाका प्रमुख वा कर्मचारीहरूलाई तत्काल कार्यस्थलका पठाउने सचिव तथा आयोजनाका विभागीय प्रमुखहरूलाई निर्देशन दिए । उनले आयोजनामा कार्यतालिका अनुसार काम गर्न काठमाडौँ नआउने निर्देशन गरेकाले तत्काल कुनैपनि कर्मचारीहरूलाई कतै सरुवा नगर्ने प्रतिबद्धता जनाए । उनले ९८ प्रतिशत कर्मचारी सरुवा नगर्ने उल्लेख गरे ।
मन्त्री महासेठले सरकारले निजामती कर्मचारी सम्बन्धी ऐन कर्मचारीहरूको हितमा ल्याउने बताए । उनले उक्त ऐनमा आवश्यक संशोधनको लागि संगठनले कानुनी विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयारी पारेर दिन आग्रह गरे । उनले तत्काल कर्मचारी ऐन ल्याउने पक्षमा सरकार रहेको बताए । उनले निजामती कर्मचारीहरूलाई प्रतिकुल हुनेगरी ऐन पास नहुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण