उपनिर्वाचन
इलाम–२ : स्वतन्त्र उम्मेदवार लिम्बूले गरे मतदान
शनिबार, १५ वैशाख २०८१, ०८ : ३५

इलाम । इलाम २ माका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले मतदान गरेका छन् । उनले आफ्नै जन्म गाउँ फाकफोकथुम ३ सिंहदेबी मा बि (क) बाट मतदान गरेका हुन् ।
यसअघि कांग्रेस उम्मेदवार डम्बर खड्का, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र रास्वपाका उम्मेदवार मिलन लिम्बुले पनि आ–आफ्नो निर्वाचन केन्द्रमा मतदान गरिरहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग