सर्वसाधारण भन्छन्– लगानी सम्मेलन लगानी भित्र्याउने राम्रो अवसर हो
काठमाडौँ । सरकारले आइतबारदेखि दुईदिने लगानी सम्मेलन सुरु गरेको छ । सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलन आयोजना गरेको हो ।
जसमा विभिन्न एक सय ५१ वट परियोजना सोकेस समेत गरेको छ । लगानी सम्मेलनमा भाग लिन विभिन्न देशबाट करिब दुई हजार व्यक्ति आएका छन् । सरकारले निकै महत्वका साथ आयोजना गरेको लगानी सम्मेलनबारे सर्वसाधारण के भन्छन् त ?
बालाजुका रवि मित्रकोटीले लगानी सम्मेलन मुलुकमा लगानी ल्याउनका लागि राम्रो अवसर भएको बताए । उनले विगतको लगानी सम्मेलबाट अपेक्षाकृत लगानी नआएको भन्दै यसपटक यो अवसर गुम्न दिन नहुन बताए ।
“देशमा लगानी हुनु त राम्रो कुरो हो तर, विगतको सम्मेलन कतिको प्रभावकारी भयो ? समीक्षा गर्न जरुरी छ”, उनले भने, “कुरा गरेर मात्रै विकास हुँदैन, सरकारको कार्य परिणाम आउनुपर्छ ।” खासगरी नेपालमा पर्यटन र कृषि क्षेत्रमा लागनी हुनसके देशको अर्थतन्त्र उकास्न सकिने उनको धारणा छ ।
त्यस्तै अधिवक्ता भुपेन्द्र पोखरेलले सरकारकाले गरिरहेको लगानी सम्मेलन औपचारिकतामा सीमित हुन नहुने बताए । “लगानी ल्याउनका लागि देखिएका कानुनी र प्रक्रियागत झन्झट हटाएर विदेशीलाई हाम्रो देशमा लगानी गर्न सहज वातावरण सिर्जना गर्न आवश्यक छ”, उनले भने, “यस लगानी सम्मेलनमा लगानी अनुकूलको वातावरण बनोस् ।”
शङ्खमुलकी गौरा कायस्थले देश विकासमा लगानी जुटाउन सरकारले गरेको कदम प्रशंसनीय रहेको बताइन् । तर सम्मेलन लगानी ल्याउन कति प्रभावकारी हुन्छ भन्ने अर्थमा सफल र असफल भन्न सकिने उनको भनाइ छ । “पैसा मात्रै जुटाउनु ठुलो कुरा होइन, पैसाको सही स्थानमा प्रयोग भएन भने त्यसको अर्थ हुन्न”, उनले भनिन् ।
एकता फाउन्डेशनका अध्यक्ष एवं अधिकारकर्मी रामहरि शाही समुन्द्रीले लगानीले भौतिक विकाससँगै मानवीय विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
भौतिक विकाससँगै सामाजिक, सांस्कृतिक र बौद्धिक क्षेत्रको विकासमा पनि लगानी आह्वान हुनुपर्नेमा बानेश्वरका जीवन राईको तर्क छ । कला क्षेत्रमा करिअर बनाउँदै गरेको उनले कला क्षेत्रलाई पनि उद्योगका रुपमा विकास गर्नुपर्ने बताए । “कलामा लगानी गर्नसके राज्यलाई फाइदै हुन्छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण