बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबिच लगानी सम्झौता

सोमबार, १७ वैशाख २०८१, १४ : ४३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि र कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुप प्रालिबिच लगानी सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठको उपस्थितिमा उक्त सम्झौता भएको हो । 

सम्झौतामा एमएवीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योङ्ग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गरेका छन् । 

कोरियन कम्पनी एमएवीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ । यस्तो लगानीको रकम नेपाली रु. ६ अर्ब बराबर रहेको छ । 

सम्झौतापत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप