कर्णालीमा माओवादीबाट रावत, शाही र केसी मन्त्री बन्दै
सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट तीन जना मन्त्री नियुक्त भएका छन् । मन्त्री हुनेमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् ।
तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । कुन व्यक्तिलाई को मन्त्रालय दिने भन्ने विषय भने बाहिर आएको छैन । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २ः३० बजे रहेको छ ।
यस्तै माओवादीबाट रणसिं परियार भने यसअघि नै मन्त्री बनिसकेका छन् । उनलाई पनि मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ । स्रोतका अनुसार केसीलाई अर्थ, परियारलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ । शाहीलाई उद्योग र रावतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ ।
सत्तारुढ दल नेकपा एमाले र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदै छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । यद्यपि एमालेबाट६ नयाँ बन्ने मन्त्रीको नाम भने सार्वजनिक भएको छैन ।
एमालेबाट तीन जना मन्त्री बन्नेछन् । ८ सदस्यीय मन्त्रिमण्डलमा यसअघि माओवादीबाट रणसिं परियार मन्त्री भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण