बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
अनिलको कथा : बिहान कोरियन भाषा, राति दोहोरीमा गायक
सन्दर्भ : विश्व श्रमिक दिवस

अनिलको कथा : बिहान कोरियन भाषा, राति दोहोरीमा गायक

बुधबार, १९ वैशाख २०८१
  • मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ । आज मे १ अर्थात् मजदुर दिवस । मजदुर भनेको भारी बोक्ने वा कोदालो खन्ने वा इँटा, गिटी, बालुवा बोक्ने मात्र हुँदैनन् । समाजमा अनेकथरी मजदुर भेटिन्छन् । यस्तै एउटा अलग्गै कथा बोकेका मजदुर हुन्, अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–८, नुवाकोटका अनिल परियार । 

1

उनको रुचि सानै देखि गायनमा थियो । आफ्नै गाउँठाउँ, मेला, विद्यालयमा गीत गाएर रमाइलो गर्ने अनिललाई ख्यातिप्राप्त गायक बन्ने ठुलो सपना थियो । १७ वर्षको उमेरमा एसएलसी दिएर बसेका अनिललाई सपनाको सहर काठमाडौँ पुग्ने रहर जाग्यो । सानै उमेरमा ठुलो सपना बुन्दै अनिल काठमाडौँ पसे । गाउँघरबाट ठुलो सपना बोकेर काठमाडौँ छिरेका अनिललाई ठुलो सहरमा हराइन्छ कि भन्ने डर पनि थियो । 

2

आएको केही महिना उनी कामको खोजीमा भौँतारिए । डुल्दाडुल्दै कपडा पसलमा काम गर्ने अवसर मिल्यो । केही वर्ष त्यहाँ काम गरेका उनलाई चिनजानबाट दोहोरी साँझमा काम गर्ने अवसर मिल्यो । 

3

अनिल खुसी भएर दोहोरी साँझमा काम गर्न थाले । तर दोहोरी साँझमा काम गर्न त्यति सहज भने थिएन । सोचेको भन्दा फरक समयमा काम गर्नु पर्‍यो । दिउँसो अन्य काम गर्ने र बेलुकी ६ बजेदेखि राति २ बजेसम्म दोहोरी साँझमा गाउनु पर्ने भयो । 

4

काठमाडौँ बसेर गायन पेशा सुरु गर्दा मासिक २५०० तलब पाए । सपनाको सहर भए पनि काम पाउन निकै मुस्किल थियो । पाएको र मन भित्रको रहर मेटाउन २०६६ सालबाटै दोहोरी साँझमा गीत गाउन सुरु गरेका हुन् । 

5

उनले दोहोरी साँझमा गीत गाउन सुरु गरेको पनि १५ वर्ष भइसक्यो । उनको रहर ठुलो गायक बन्छु भन्ने नै छ । उनी घरको आर्थिक अवस्थाले रात्रि मजदुर बनेका हुन् । १५ वर्षमा राजधानीका ५ वटा दोहोरी साँझमा काम गरिसके । अहिले पनि कोटेश्वरको एक दोहोरी साँझमा आबद्ध छन् । बाह्य गायनमा पनि उत्तिकै अब्बल छन् । गीतसंगीतमा लागेर उनमा पछुतो छैन । गीत गाएर अनिलले थुप्रै पुरस्कार तथा सम्मान पाएका छन् । 

6

अनिललाई अब पैसा कमाउने रहर जागेको छ । उनी वैदेशिक रोजगारका लागि कोरियन भाषा अध्ययन गर्छन् । राति भएपछि दोहोरी साँझमा पुग्ने उनी झिसमिसेमै भाषा अध्ययन गर्ने गर्छन् । घरको पूर्ण रूपमा सहयोग हुँदाहुँदै पनि आर्थिक अवस्थाले पछि परेको जस्तो उनी ठान्छन् । उनले भने, ‘म सँग क्षमता वा प्रतिभा छ तर आर्थिक अवस्थाका कारण कलाविहीनताको अनुभूति हुन्छ ।’ 

7

दिनचर्या पनि गजबकै छ । बिहान कोरियन भाषा अध्ययन, दिउँसो खाना खाएर केही बेर आराम र बेलुकी नहुँदै दोहोरी साँझको यात्रा हुन्छ । दोहोरीमा काम गर्दा त्यति सहज भने छैन । समयमा तलब नपाउने समस्या छँदैछ । कतिपय दोहोरीले विना तलब निकाल्ने समस्या अर्को छ । 

8

गीत गाउँदागाउँदै ग्राहकले सिसाको गिलासले हानेको दुःखद अनुभव पनि अनिलसँग छ । ‘दोहोरीमा काम गर्दा धेरै सहनुपर्छ,’ उनले भने, ‘देख्दा राम्रो होला यस भित्र धेरै कथा लुकेको छ ।’ उनी दोहोरी साँझमा मात्र होइन बाहिर कार्यक्रमका मञ्चमासमेत गीत गाउने गर्छन् । अहिले राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान समन्वय समिति ललितपुरको सहसचिव छन्।

91011121314Certificates

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया