बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

बढ्यो अत्यधिक गर्मी, बिहान ११ देखि दिउँसो ३ बजेको बिचमा बाहिर नसिक्न चिकित्सकको सुझाव

बुधबार, १९ वैशाख २०८१, १५ : ०९
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ । गर्मीको यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्ने चिकित्सकहरूको सुझाव छ । 

 बढ्दो गर्मीमा ‘लु’ लाग्ने सम्भावना हुने भएकाले सकेसम्म घाममा ननिस्कन विज्ञले सुझाएका छन् । बिहान ११ बजेदेखि दिउँसो ३ बजेको बिचमा सकेसम्म घर बाहिर ननिस्कन फिजिसियन डा. पुष्पमणि खरालको सुझाव छ ।

 ‘लू’ वा स्वास्थ्यमा देखिने विभिन्न समस्या हुनबाट बच्ने मुख्य उपाय भनेको गर्मीबाट जोगिनु नै भएको उनको भनाइ छ । गर्मीमा बढी मात्रामा पानी पिउन समेत उनले सुझाएका छन् । ‘सकेसम्म दिउँसो घाममा ननिस्काने, अति आवश्यक कामका लागि निस्कन परेमा छाता लिएर निस्कने र केही समय हिँडेर छाहरीमा बस्ने गर्नुपर्छ,’ खरालले भने । 

मानव शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुनुपर्छ । शरीरले यो तापक्रमलाई सन्तुलन गरिरहन खोजेपनि यो भन्दा बढी भएमा लुको जोखिम हुन्छ । 

वायुको तामक्रम बढ्दै जाँदा शरीरले तापक्रम प्राकृतिक रूपमा सन्तुलन गर्ने कार्य गर्दछ । तर लामो समयसम्म तापक्रम रहिरहेमा शरीरको विभिन्न अङ्गमा अप्रत्यक्षरुपमा असर पुर्‍याउँछ । मुटु, कलेजो, फोक्सो लगायत अङ्गमा अप्रत्यक्ष रूपमा असर गर्ने डा. खरालले सुनाए । ‘मुटुको चाल थपघट हुने, पानी र नुनको कमीले ब्लड–प्रेसर घट्दै जाने, मुटुको चाल छिटो छिटो हुने कारणले मुटुमा समस्या देखिन्छ,’ उनले भने, ‘तापक्रम बढी भएमा नुन र पानीको कमीका कारणले मान्छे बेहोस हुने लगायत समस्या देखा पर्छ ।’

बढ्दो तापक्रमको समयमा बालबालिका, गर्भवती महिला, वृद्ध वृद्धा र दीर्घरोगका बिरामी बढी जोखिममा रहने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप