बढ्यो अत्यधिक गर्मी, बिहान ११ देखि दिउँसो ३ बजेको बिचमा बाहिर नसिक्न चिकित्सकको सुझाव
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रमा अत्यधिक गर्मी र तातो हावा चल्न थालेको छ । गर्मीको यस्तो अवस्थामा स्वास्थ्यमा विभिन्न समस्या देखिनसक्ने चिकित्सकहरूको सुझाव छ ।
बढ्दो गर्मीमा ‘लु’ लाग्ने सम्भावना हुने भएकाले सकेसम्म घाममा ननिस्कन विज्ञले सुझाएका छन् । बिहान ११ बजेदेखि दिउँसो ३ बजेको बिचमा सकेसम्म घर बाहिर ननिस्कन फिजिसियन डा. पुष्पमणि खरालको सुझाव छ ।
‘लू’ वा स्वास्थ्यमा देखिने विभिन्न समस्या हुनबाट बच्ने मुख्य उपाय भनेको गर्मीबाट जोगिनु नै भएको उनको भनाइ छ । गर्मीमा बढी मात्रामा पानी पिउन समेत उनले सुझाएका छन् । ‘सकेसम्म दिउँसो घाममा ननिस्काने, अति आवश्यक कामका लागि निस्कन परेमा छाता लिएर निस्कने र केही समय हिँडेर छाहरीमा बस्ने गर्नुपर्छ,’ खरालले भने ।
मानव शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड हुनुपर्छ । शरीरले यो तापक्रमलाई सन्तुलन गरिरहन खोजेपनि यो भन्दा बढी भएमा लुको जोखिम हुन्छ ।
वायुको तामक्रम बढ्दै जाँदा शरीरले तापक्रम प्राकृतिक रूपमा सन्तुलन गर्ने कार्य गर्दछ । तर लामो समयसम्म तापक्रम रहिरहेमा शरीरको विभिन्न अङ्गमा अप्रत्यक्षरुपमा असर पुर्याउँछ । मुटु, कलेजो, फोक्सो लगायत अङ्गमा अप्रत्यक्ष रूपमा असर गर्ने डा. खरालले सुनाए । ‘मुटुको चाल थपघट हुने, पानी र नुनको कमीले ब्लड–प्रेसर घट्दै जाने, मुटुको चाल छिटो छिटो हुने कारणले मुटुमा समस्या देखिन्छ,’ उनले भने, ‘तापक्रम बढी भएमा नुन र पानीको कमीका कारणले मान्छे बेहोस हुने लगायत समस्या देखा पर्छ ।’
बढ्दो तापक्रमको समयमा बालबालिका, गर्भवती महिला, वृद्ध वृद्धा र दीर्घरोगका बिरामी बढी जोखिममा रहने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण