टुक्रियो भारतीय व्यापारिक घराना गोदरेज
नयाँ दिल्ली । भारतीय व्यापारिक घराना गोदरेज टुक्रिएको छ । भारत स्वतन्त्र हुनु भन्दा अघिका व्यापारिक घराना मध्येको एक हो, गोदरेज ।
गोदरेजले रियल ईस्टेटदेखि कञ्जुमर प्रडक्टसम्म सबै व्यवसायमा हात हालेको छ । तर गोदरेज ग्रुपमा अंशबन्डा भएको छ । शेयर बजारमा सूचिकृत गोदरेज फर्मा आदि गोदरेज र उनको भाइ नादिर गोदरेजको भागमा आएको छ ।
सूचीकरण नभएका कम्पनी भने काकाका छोरा जमशेद र उनकी बहिनी स्मिताले पाएका छन् । यो ग्रुपको कूल मूल्य २३ खर्ब ४० अर्ब भारु रहेको छ ।
अंशबन्डासम्बन्धी एउटा सम्झौतामा हस्ताक्षर भएपछि ग्रुपको व्यवसाय विभाजित भएको घोषणा गरिएको छ । यस ग्रुपका पाँच कम्पनी शेयर बजारमा सूचीकृत छन् ।
यी कम्पनीमा गोदरेज इन्डष्ट्रिज, गोदरेज कञ्जुमर प्रोडक्ट्स, गोदरेज प्रोपर्टिज, गोदरेज एग्रोभेट र एस्टेक लाइफ रहेको छ । यसको जिम्मेवारी ८२ वर्षीय आदि गोदरेज र उनका भाइ ७३ वर्षका नादिर गोदरेजले पाएका छन् ।
आदि र नादिरको काकाका छोराछोरी जमशेद र स्मितालाई भने गैर–सूचीबद्ध कम्पनी गोदरेज एन्ड ब्वायसको मालिक बनाइएको छ । यसबाहेक यिनीहरूले मुम्बईमा ३ हजार ४०० एकडको जमिन पनि पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण