सशस्त्रका १६ जना डीआईजीहरुको सरुवा
काठमाडौँ । सशस्त्र प्रहरी बलका १६ जना प्रहरी नायव महानिरीक्षकहरुको सरुवा गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले डीआईजीहरुको सरुवा गरेका हुन् । डीआईजी ई.किशोर प्रधानलाई नम्बर–९ पशुपति बाहिनी मुख्यालयमा सरुवा गरिएको छ ।
नम्बर–३ गढीमाई बाहिनीमा गणेश ठाडामगर, नम्बर–५ बिन्ध्यावासिनी बाहिनीमा अभिकुमार खत्री र नम्बर–४ मुक्तिनाथ बाहिनी मुख्यालयमा कुलबहादुर नेम्वाङलाई सरुवा गरिएको छ । नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा दुर्गाप्रसाद भट्टराई र नम्बर–१ बराह बाहिनी मुख्यालयमा शम्भु सुवेदीलाई पठाइएको छ ।
प्रदेश–२ स्थित छिन्नमस्ता बाहिनीमा डीआईजी कालिदास धौबजीलाई पठाइएको छ । नम्बर–१ बाहिनीमा कार्यरत अन्जनी कुमार पोखरेललाई स्टाफ कलेज र पशुपति बाहिनीमा कार्यरत पुरुषोत्तम थापालाई प्रधान कार्यालयस्थित कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण