प्रदेश सरकार
सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप
शुक्रबार, २१ वैशाख २०८१, १० : ०३
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।
मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र टीका थापा कृषिमन्त्री रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो
-
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
-
कोशीका खानेपानी सचिवले ‘मैले हात उठाएँ’ भनेपछि सांसदले भने– झोला बोकेर जानु
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण