लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

बुटवल । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चीनतर्फ प्रस्थान गरेको छ । भ्रमणमा सभामुख तुलाराम घर्ती मगर, उनकी धर्मपत्नी दिलकुमारी रोका, उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी र प्रदेशसभा सचिव दुर्लभकुमार पुन रहेका छन्।
छोङछिङ अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनतर्फ प्रस्थान गरेका हुन्। चोङकिङ रहँदा प्रतिनिधिमण्डलले छोङछिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । सभामुख घर्तीमगरले भ्रमणले छोङछिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबिचको सञ्चार सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको बताए ।
छोङछिङ महानगरको चीनको ठुलो ४ महानगरमध्ये एक हो । एक साता लामो चिन भ्रमणको क्रममा त्यहाँको सांस्कृतिक, ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमण र संसदीय अभ्यास तथा त्यहाँको विकासको मोडलको बारेमा पनि अध्ययन अवलोकन भ्रमण गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो आन्दोलनविरूद्ध आउने जोकोहीलाई जनताले प्रतिकार गर्छन् : अध्यक्ष लिङ्देन
-
प्रधानमन्त्री ओलीद्वारा चित्र प्रदर्शनीको अवलोकन (तस्बिरहरू)
-
नेपाली श्रमिकहरूका समस्या समाधानका लागि एनआरएनएसँग सहकार्य गर्न प्रतिबद्ध छौँ : मन्त्री भण्डारी
-
यातायात व्यवसायीले भोलिदेखि आन्दोलन थप सशक्त बनाउने
-
सार्वजनिक यातायात हड्तालविरूद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
-
जसपा नेपालका अध्यक्ष यादव स्वदेश फिर्ता