पूर्वमन्त्रीले पिटीपिटी मारे पत्नी
कजाकिस्तान । कजाकिस्तानका एक जना पूर्वमन्त्रीमाथि आफ्नो पत्नीलाई पिटीपिटी मारेको आरोप लागेको छ । समाचार अनुसार यो घटना सन् २०२३ को नोभेम्बरको हो ।
पूर्वमन्त्री कुआन्डिक बिशिम्बायेवले परिवारको स्वामित्वमा रहेको रेष्टुराँमा पत्नीको कपाल समातेर ८ घन्टासम्म पिटेका थिए । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ ।
पतिको पिटाईपछि टाउकोमा गम्भीर चोट लाग्दा केही घन्टामै महिलाको मृत्यु भयो । गएको महीना ४३ वर्षिय बिशिम्बायेवमाथि ३१ वर्षिय पत्नी साल्टानैट नुकेनोकोको हत्याको आरोपमा मुद्दा चलाइएको थियो ।
छानबिनको रिपोर्ट अनुसार उनले अल्माटीमा परिवारको स्वामित्वमा रहेको रेष्टुराँमा पत्नीलाई घन्टौंसम्म कुटपिट गरेका थिए । कजाकिस्तानको सर्वोच्च अदालतमा सुनवाईको समयमा हमलाको सीसीटीभी फुटेज प्रमाणको रुपमा देखाइएको थियो ।
मिरर अनलाइनमा छापिएको खबर अनुसार सुनवाई अनलाइनमै गरिएको यो कजाकिस्तानको पहिलो मुद्दा हो । बिशिम्बायेवव र नुकेनोवाले सो रेष्टुराँमा मृत्युअघि एक दिन एक रात बिताएका थिए ।
घटना भएको १२ घन्टा पछि मात्रै रेष्टुराँमा एम्बुलेन्स पुगेको थियो । घटनास्थलमै उनको मृत्यु भएको घोषणा डाक्टरहरुले गरिदिए । नुकेनोवाको मृत्युको कारण अत्यधिक चोटका कारण ब्रेन ह्यामरेजले गर्दा भएको रिपोर्टले देखाएको छ । बिशिम्बायेवले भने आफूलाई निर्दोश बताउँदै नुकेनोवा उसकै कारण चोट लागेर मरेको भन्ने तर्क दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण