आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इजरायलद्वारा युद्धविरामको प्रस्ताव अस्वीकार, रफाहमा आक्रमण सुरु

मङ्गलबार, २५ वैशाख २०८१, ०९ : ५७
मङ्गलबार, २५ वैशाख २०८१

गाजा । इजरायलको सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हामासविरुद्ध रफाहमा ‘लक्षित हमला’ गरिरहेको बताएको हो ।

रफाहमा ठुलो सङ्ख्यामा रहेका शरणार्थीहरूलाई हमला भइरहेको स्थानलाई खाली गरेर अन्य राहत क्याम्पमा जान आईडीएफले भनेको छ । इजरायलले खान यूनिसको एक क्याम्पमा बसिरहेका १ लाख मानिसहरूलाई त्यहाँबाट निस्कन आदेश दिएको छ ।

रफाहमा हमला सुरु गरिरहँदा इजरायलले हमासको युद्धविरामको प्रस्ताव मान्न अस्वीकार गरेको छ । तर यसबारे थप छलफल गर्न एउटा प्रतिनिधिमण्डललाई कायिरो पठाउने तयारी भइरहेको इजरायलको भनाई छ । प्रस्ताव आफ्नो ‘मागहरूभन्दा धेरै टाढा रहेको’ इजरायलको भनाई छ ।

हमासको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेको छ । हालसम्म प्रस्तावमा के–कस्ता बुँदाहरू छन् भन्ने जानकारी सार्वजनिक गरिएको छैन । प्रस्तावमा इजरायली बन्धनलाई छाड्ने र बदलामा इजरायलको जेलमा बन्द प्यालेस्टिनी कैदीहरूलाई छाड्ने प्रस्ताव हुन सक्ने आङ्कलन गरिएको छ । 

–बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप