इजरायलद्वारा युद्धविरामको प्रस्ताव अस्वीकार, रफाहमा आक्रमण सुरु
गाजा । इजरायलको सेनाले रफाहमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हामासविरुद्ध रफाहमा ‘लक्षित हमला’ गरिरहेको बताएको हो ।
रफाहमा ठुलो सङ्ख्यामा रहेका शरणार्थीहरूलाई हमला भइरहेको स्थानलाई खाली गरेर अन्य राहत क्याम्पमा जान आईडीएफले भनेको छ । इजरायलले खान यूनिसको एक क्याम्पमा बसिरहेका १ लाख मानिसहरूलाई त्यहाँबाट निस्कन आदेश दिएको छ ।
रफाहमा हमला सुरु गरिरहँदा इजरायलले हमासको युद्धविरामको प्रस्ताव मान्न अस्वीकार गरेको छ । तर यसबारे थप छलफल गर्न एउटा प्रतिनिधिमण्डललाई कायिरो पठाउने तयारी भइरहेको इजरायलको भनाई छ । प्रस्ताव आफ्नो ‘मागहरूभन्दा धेरै टाढा रहेको’ इजरायलको भनाई छ ।
हमासको प्रस्तावमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेको छ । हालसम्म प्रस्तावमा के–कस्ता बुँदाहरू छन् भन्ने जानकारी सार्वजनिक गरिएको छैन । प्रस्तावमा इजरायली बन्धनलाई छाड्ने र बदलामा इजरायलको जेलमा बन्द प्यालेस्टिनी कैदीहरूलाई छाड्ने प्रस्ताव हुन सक्ने आङ्कलन गरिएको छ ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण