सभामुखसहित शीर्ष नेताको बैठकमा जुटेन सहमति
काठमाडौँ । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष सकिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्याएको थियो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको थियो ।
बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले छलफलमा आफूहरूले समिति गठनमा सहमति नजनाएको बताए । यद्यपि उनले छलफल सकारात्मक रहेको भन्दै पुन छलफल गरेर अघि बढ्ने बताए ।
‘छलफल राम्रो भएको छ । समस्या समाधानउन्मुख छौ’, परियारले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘दुईवटा कुरामा छलफल गर्यौँ । पहिलो २८ गतेबाट सुरु हुने संसद् अधिवेशन व्यवस्थित सञ्चालन र समिति गठन ।’
त्यस्तै बैठकमा रास्वपाले सहकारीको विषयमा गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै अभियोग नभएकाले गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्ने बताएको थियो ।
‘प्रश्न उठेका सवालमा स्पष्ट पार्न पाउनुपर्छ । बोल्न पाउनुपर्छ ।आजको छलफलपछि गृहमन्त्रीलाई बोल्न दिने ठाउँमा उहाँहरू पुग्नुहुन्छ भन्ने विश्वास गरेका छौ’, परियारको भनाइ छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लामिछानेमाथि उठेका प्रश्नको संसद्मा जवाफ दिन पाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण