गृहमन्त्री लामिछानेले भने– जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी)लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको दाबी गरेका छन् ।
मंगलबार सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेको जीबी राईलाई नेपाल ल्याउनेबारेमा समेत राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए ।
‘पहिलो कुरा जीबी राईबारे कुराहरू बाहिर आइरहेका बेला भाग्न दिने जुन अवस्था सिर्जना भयो । के कारणले त्यो रोकिएन ?’, प्रश्न गर्दै लामिछानेले भने, ‘गइसकेको मान्छेलाई खोजी गर्ने कार्य जटिल छ ।’
लामिछानेले राईलाई पक्राउ गर्न या नेपाल ल्याउन दुई देशबिचको सुपुर्दगी सन्धि बाधक बनेको पनि बताए ।
‘किनभने दुई देशबिचको सन्धिको कुराहरू छ । त्यसमा आशंकाहरु देखिएका छन् । सुपुर्दगी सन्धिका समस्याहरू छन्’, लामिछानेले भने, ‘त्यसका बाबजुद कूटनीतिक र राजनीतिक पहलबाट यसलाई सम्पन्न गर्नुपर्छ भनेर हामीले संवाद सुरु गरिसकेका छौ ।’ उनले त्यसका लागि मलेसियाका गृहमन्त्रीसँग आफूले १०/१५ मिनेट टेलिफोन संवाद गरेको भन्दै नतिजा आएपछि थप भन्ने बताए । ‘तर हामी निरन्तर लागि रहेका छौँ’, उनले भने, ‘सरकारको पहिलो प्राथमिकता भनेको बचतकर्ताहरूको पैसा तत्काल फिर्ता सम्पत्ति रोकेर भएपनि दिन सुरु गर्ने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण