आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सर्वदलीय बैठक

गृहमन्त्री लामिछानेले भने– जीबी राईलाई पक्राउ गर्ने विषय जटिल छ

मङ्गलबार, २५ वैशाख २०८१, १५ : ०३
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार भएका गितेन्द्र बाबु राई (जीबी)लाई पक्राउ गर्न कानुनी जटिलता रहेको बताएका छन् । साथै उनले सरकार र आफ्नो पहिलो प्राथमिकता सहकारी पीडितको बचत फिर्ता गर्ने नै रहेको दाबी गरेका छन् । 

मंगलबार सभामुखसहित शीर्ष नेताको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेको जीबी राईलाई नेपाल ल्याउनेबारेमा समेत राजनीतिक र कूटनीतिक पहल भइरहेको बताए । 

‘पहिलो कुरा जीबी राईबारे कुराहरू बाहिर आइरहेका बेला भाग्न दिने जुन अवस्था सिर्जना भयो । के कारणले त्यो रोकिएन ?’, प्रश्न गर्दै लामिछानेले भने, ‘गइसकेको मान्छेलाई खोजी गर्ने कार्य जटिल छ ।’

लामिछानेले राईलाई पक्राउ गर्न या नेपाल ल्याउन दुई देशबिचको सुपुर्दगी सन्धि बाधक बनेको पनि बताए । 

‘किनभने दुई देशबिचको सन्धिको कुराहरू छ । त्यसमा आशंकाहरु देखिएका छन् । सुपुर्दगी सन्धिका समस्याहरू छन्’, लामिछानेले भने, ‘त्यसका बाबजुद कूटनीतिक र राजनीतिक पहलबाट यसलाई सम्पन्न गर्नुपर्छ भनेर हामीले संवाद सुरु गरिसकेका छौ ।’ उनले त्यसका लागि मलेसियाका गृहमन्त्रीसँग आफूले १०/१५ मिनेट टेलिफोन संवाद गरेको भन्दै नतिजा आएपछि थप भन्ने बताए । ‘तर हामी निरन्तर लागि रहेका छौँ’, उनले भने, ‘सरकारको पहिलो प्राथमिकता भनेको बचतकर्ताहरूको  पैसा तत्काल फिर्ता सम्पत्ति रोकेर भएपनि दिन सुरु गर्ने ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप