सीको फ्रान्स भ्रमणमा के भयो ?

पेरिस । चिनियाँ राष्ट्रपति सी जिनपिङको फ्रान्स भ्रमणमा फ्रान्सेली समकक्षी इम्यानुअल म्याक्रोँले दुई देशबिच व्यापार विवादमा केन्द्रित भएर छलफल गरेका थिए । फ्रान्सबाट आउने कगन्याक र अन्य ब्रान्डीमा चीनले यो वर्षको सुरुमा अतिरिक्त महसुल लगाउनेबारे अनुसन्धान गर्ने बताएको थियो ।
फ्रान्स भ्रमणका क्रममा सीले तत्कालै अतिरिक्त महसुल नलगाइने बताएका छन् । सी र म्याक्रोँबिच युक्रेनी मामिलामा भएका कूटनीतिक प्रयासबारे पनि छलफल भएको थियो । यूरोपको भ्रमणका क्रममा सी दुई दिने राजकीय भ्रमणमा फ्रान्स पुगेका थिए । रुसमाथि चीनको प्रभावले युक्रेन युद्ध अन्त्यमा सघाउने आशा पनि म्याक्रोँले व्यक्त गरेका थिए । युक्रेन युद्धमा आफू तटस्थ रहेको दाबी चीनले गर्दै आएको छ । तर युक्रेनी युद्ध सुरु भएयता रुससँग चीनको तेल कारोबार बढेको छ ।
हरेक द्वन्द्व अन्ततः वार्ताबाटै समाधान हुने इतिहासले बारम्बार प्रमाणित गरिसकेको सीले बताए । आफूहरूले सबै पक्षलाई सम्पर्क र छलफल सुरु गर्न अनुरोध गरेको पनि उनले बताए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालसालै यो महिना चीनको भ्रमणमा जाने घोषणा गरेका थिए । गएको वर्ष म्याक्रोँले सीलाई रुसलाई झक्झकाउन अनुरोध गरेका थिए । भेटवार्तामा दुवै नेताले मध्यपूर्वको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका थिए । गाजामा युद्धविराम गरेर बन्दीहरूलाई रिहा गर्न, मानवीय सहायतालाई सहज बनाउने विषयमा दुवै देश एकमत देखिएका छन् । सीको भ्रमणमा व्यापारका मुद्दा मुख्य एजेन्डा थिए । चीनको सरंक्षणवाद र अनुदानको म्याक्रोँले निन्दा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची