शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन

शुक्रबार, १९ असार २०८३, १५ : ३१
शुक्रबार, १९ असार २०८३

काठमाडौँँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हाल नेपालमा हान्टा भाइरसको स्वास्थ्य जोखिम नरहेको बताएको छ। स्वास्थ्य मन्त्रालयले हालसम्म नेपालमा हान्टा भाइरसको सामुदायिक संक्रमण वा प्रकोपको अवस्था नदेखिएको बताएको हो। 

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले हालसम्म नेपालमा हान्टा भाइरसको सामुदायिक संक्रमण वा प्रकोपको अवस्था नरहेको बताए । 

डा.अधिकारीले भने, ‘विश्व स्वास्थ्य सङ्गठनले हालै अन्तर्राष्ट्रिय रूपमा निगरानी गरिएको हान्टा भाइरससँग सम्बन्धित घटनाको अन्त्य भएको र यसबाट सार्वजनिक स्वास्थ्यमा जोखिम नरहेको जनाएको छ । हान्टा भाइरसको स्वास्थ्य जोखिम नेपालमा छैन।’

के हो हान्टा भाइरस ?

हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो । यो मुख्यतया संक्रमित मुसाहरूबाट मानिसमा सर्ने गर्दछ। मुसाको पिसाब, दिसा, र्‍याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउँदा मानिसमा यो भाइरसको संक्रमण हुन सक्छ ।

के यो मानिसबाट मानिसमा सर्छ ?

वैज्ञानिक अध्ययनहरूका अनुसार यो भाइरस मानिसबाट मानिसमा सर्ने सम्भावना निकै कम हुन्छ । अत्यन्त नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूमा मात्र सीमित अवस्थामा यो सर्न सक्ने सम्भावना रहन्छ ।

यद्यपि नेपालमा जोखिम कम छ, तर सरसफाइ र सावधानी अपनाउनु सधैँ राम्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?