कर्णालीको भेलमा बेपत्ता गाडी र यात्रुको अवस्था अझै अज्ञात
सुर्खेत । दुर्घटनापछि बिहीबार बिहान ११ः३० बजे दैलेखस्थित कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र यात्रुको अवस्था अझै अज्ञात छ । शुक्रवार २६ घण्टा बितिसक्दा पनि गाडी र यात्रुबारे कुनै विवरण फेला पर्न नसकेको हो ।
कर्णाली नदीको पानी धमिलो भएका कारण खोजी कार्यमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले बताए ।
‘सशस्त्र प्रहरी बलको ६ जनाको तालिम प्राप्त गोताखोर टोली समेत परिचालित भई खोजी कार्य भइरहेको छ,’ उनले भने, ‘तर धमिलो पानीका कारण कतै विवरण फेला परेको अवस्था छैन ।’
साथै, गाडीमा सवार यात्रुको सङ्ख्या पनि अहिलेसम्म यकिन हुन सकेको छैन ।
बिहीबार वीरेन्द्रनगरबाट जाँदा ५ जना जति गएको र बिचमा अन्य यात्रु बोकेर १४ जनासम्म रहेको अनुमान प्रहरीले गरेको थियो । हालसम्म सवारी साधनमा सवार यात्रु सङ्ख्या हालसम्म यकिन हुन नसकेको रोकायाले बताए ।
यद्यपि प्रारम्भिक अनुसन्धान अनुसार उक्त गाडीमा अन्दाजी ५/६ जना यात्रुहरू सवार हुन सक्ने अनुमान उनको भनाइ छ ।
‘यात्रुहरूको थप यकिन विवरण सम्बन्धमा खोज तथा अनुसन्धान कार्य जारी रहेको छ,’ उनले भने ।
खोज तथा उद्धारका क्रममा उक्त गाडी कर्णाली नदीमा डुबेको अवस्थामा देखिएको थियो । गाडीमा सवार मध्ये एक जना पुरुषलाई फेला पारी उद्धार पश्चात् नगर अस्पताल दुल्लु दैलेख पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको छन् । अस्पतालमा राखिएको उक्त शव कालिकोट पचालझरना गाउँपालिका—९ निवासी ५४ वर्षीय जेखे तिरुवाको भएको सनाखत भएको छ । बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका—७ स्थित कर्णाली राजमार्गको साङ्गनेरा क्षेत्रमा दुर्घटना भएको थियो ।
सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको गाडी नदीमा डुबेको थियो । गाडी खसेको सुरुमा पारी अछामबाट स्थानीयले देखेका थिए ।
उनीहरूले नै प्रहरीलाई खबर गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको टोली तत्काल घटनास्थलमा परिचालित भई खोज तथा उद्धार कार्य प्रारम्भ गरिएको थियो । कर्णाली प्रदेशका प्रहरी प्रमुख, डीआईजी जयराम सापकोटा आफै घटनास्थलमा पुगेका थिए ।
तर उनी गएराति नै वीरेन्द्रनगर फर्किसकेका छन् । यसैबिच कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन भन्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौले एकातिर नदीको धमिलो पानी र अर्कातिर वर्षा भइरहेकाले खोजी कार्यमा समस्या भइरहेको बताए ।
‘डीआईजी साबसँग कुरा भएको थियो, भौगोलिक विकटता पनि निकै विकट छ, अर्कातिर नदीमा धमिलो र आकाशबाट पानी परिरहेकाले समस्या छ’ उनले रातोपाटीसँग भने, ‘पानीको बहाव पनि अलिकति बढी भएको कारणले अलिकति सर्च गर्न समस्या आयो भन्ने कुरा छ ।’’
खोजी कार्यका लागि थप टोली मगाउनेबारे अहिले कुनै तयारी नरहेको पनि उनले बताए । अहिले सशस्त्र प्रहरी बलको ६ जनाको तालिम प्राप्त गोताखोर टोली त्यहाँ खटिएको छ ।
‘त्यहाँ उपलब्ध टोलीले आफैँ आवश्यकता महसुस गरेर भन्छ, त्यसपछि आवश्यकता भए केन्द्रबाट थप मद्दत टोलीका लागि माग होला,’ उनले भने, ‘तर उनीहरूको हकमा हामीले गर्छौँ, यो-यो कारणले समस्या भयो भनेका छन् । त्यसो हुँदा मान्छे धेरै जम्मा गरेर काम छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सामान्य अङ्कले घट्यो, कारोबार रकम बढ्यो
-
राजपुरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
१ अर्ब रुपैयाँ बराबरको बजेट संशोधन गर्ने प्रतिबद्धता, साउन मसान्तभित्र त्रुटि सच्याइने
-
स्वास्थ्य मन्त्रालयले भन्यो– नेपालमा हान्टा भाइरसको जोखिम छैन
-
घानाको डिफेन्स तोड्न डियाजकै जादु पर्खिँदै
-
पराग्वेसँगको पराजयपछि जर्मन प्रशिक्षक नागेल्समानको राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण