सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
बाल मन्दिर जग्गा विवाद

बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी

बिहीबार, २७ वैशाख २०८१, १६ : ५८
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

पाण्डे वृहस्पति विद्या सदनको सञ्चालक समिति सदस्य र सेयर होल्डर हुन् । बाल मन्दिरका पूर्व पदाधिकारीले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा जग्गा भाडा सम्झौता गरेर ठगी गरेको आरोप छ । वृहस्पति विद्या सदनले पूरक सम्झौता गरेर राई स्कुललाई पनि जग्गा दिएको छ ।

जग्गा प्रकरणमा पाण्डे सहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप