बाल मन्दिर जग्गा विवाद
बाल मन्दिर जग्गा विवादमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी
बिहीबार, २७ वैशाख २०८१, १६ : ५८
काठमाडौँ । नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पाण्डे वृहस्पति विद्या सदनको सञ्चालक समिति सदस्य र सेयर होल्डर हुन् । बाल मन्दिरका पूर्व पदाधिकारीले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा जग्गा भाडा सम्झौता गरेर ठगी गरेको आरोप छ । वृहस्पति विद्या सदनले पूरक सम्झौता गरेर राई स्कुललाई पनि जग्गा दिएको छ ।
जग्गा प्रकरणमा पाण्डे सहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण